logo

बलात्कार गरि बालिकाको हत्या गरिएको आफन्तको दावी, हत्या आरोपीको घरमा स्थानीयले आगो लगाए

      11/24/2020 गते 00 00 मा प्रकाशित     708   पटक पढिएको

बर्दीवासमा  ६ वर्षीया बालिकाको हत्याको विरोधमा भएको प्रर्दशनमा प्रहरीले गोली चलाएको छ ।  स्थानीयले ढल्केवर बर्दिवास सडकखण्डमा अवरोध सृजना गरेपछि प्रहरी लाठीचार्जसंगै गोली चलाएको हो स अहिले सडकको अवरोध हटे पनि प्रर्दशन जारी रहेको छ । 

बर्दिबासका ३५ वर्षीय संजय न्यौपाने, अफताब आलम र श्याम कार्की गोलि लागेर गम्भीर घाइते भएका छन् । न्यौपानेको तिघ्रमा गोलि लागेको छ । उनलाई बिर्दबासमा उपचार हुन नसकेपछि थप उपचारको लागि काठमाडौं रेफर गरिएको छ ।

यस्तै श्याम कार्कीलाई ४ गोलि लागेको छ भने अफताल आलमलाई टाउकोमा एक गोलि लागेको स्थानीयले बताएका छन् । दुबैजनाको शुभ स्वस्तिक हस्पिटलमा उपचार भइरहेको र थप उपचारको लागि बाहिर रेफर गर्ने तयारी भइरहेको जनाएको छ ।

महोत्तरीको बर्दिबास नगरपालिका १४ स्थित शुभम् बस्तीकी ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको आफन्तले आरोप लगाएका छन  । हत्याको आरोप लागेको युवकको घरमा स्थानीयले  आगजनी गरेका छन् ।


आइतबार साँझदेखि बस्तीबाटै हराएकी शहिद आलमकी छोरी गुलाब साह खातुनको शव भेटिएको इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी राजन चापागाईंले जानकारी दिनु भयो ।

 

पूर्व—पश्चिम राजमार्गस्थित बर्दिबास भोलाबसन्त चोकबाट नव क्षितिज क्याम्पस जाने मूलबाटोमा आरोपी साहले घर बनाई अरुण किराना पसल संचालन गर्दै आएका छन्। आइतबार साँझ पसलमा चकलेट किन्न गएको बेला उनले बलिकालाई अपहरण गरेर घरमा लुकाएको खुलेको छ । सोमबार साँझ मदिरा खाएर गौशालास्थित घर पुगेका आरोपीले आफ्ना घरपरिवारलाई बालिकाको हत्या गरेको बताएका थिए।

 

त्यसपछि उनका परिवारजनले इलाका प्रहरी कार्यालय गौशालाको जिम्मा लगाएको त्यहाँका इन्स्पेक्टर प्रकाश रेग्मीले बताउनु भयो ।

 

गौशाला प्रहरीले बर्दिबास प्रहरीलाई आरोपीलाई प्रहरी नियन्त्रणमा रहेको खवर गरेका थिए। सोमबार राति १२ बजे बर्दिबासका डीएसपी चापागाईंले ती युवकलाई लिएर शव लुकाएको स्थानमा पुग्न सफल भएका थिए।

साहले बलात्कार गरी हत्या गरेर शव बोरामा राखेर फालेको स्वीकार गरेको प्रहरीले जनाएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.