बीरगंज । पर्सा प्रहरीले १ करोड २० लाख रुपैया भन्दा बढीको भारतीय कुर्ता सुरुवाल, सुट पाईन्ट, साडी बरामद गरेको छ ।
बिशेष सुचनाको आधारमा पर्सा प्रहरीले बीरगंज हनुमान मन्दिर नजिकै रहेको पम्पपम बिल्डिगंको तेस्रो तलामा छापामारी गर्दा भन्सार छली गरी ल्याएको कुर्ता सुरुवाल, सुट पाईन्ट र साडी बरामद गरिएको पर्साका प्रहरी उपरिक्षक कुमोद ढुगेंलले जानकारी दिए ।
तस्करहरुले भरिया प्रयोग गरी भंसार राजस्व छलेर ल्याइएका भारतीय कपडाहरु भण्डारण गरेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय पर्साका अपराध अनुसन्धान टोलीले छापामारी गरेको हो ।
रामएकबाल कुशवाहाको गोदामबाट ४० लाख बराबर र अकाश गुप्ताको गोदामबाट ८ लाख बराबरको कपडा बरामद भएको पर्साका प्रहरी प्रवक्ता डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए ।
बरामद गरिएको कपडा बीरगंज भन्सार कार्यालय बुझाउने थापाले जानकारी दिए । बीरगंजको मुख्य बजारमा गोदाममा कपडाको ठुलो मात्रामा भण्डारण गरिएको घटनाले बहुआयामिक अर्थ राखेको छ ।
तपाईको प्रतिक्रिया