logo

मेडिकल कलेजका प्रबन्ध निर्देशक थप पाँच दिन न्यायीक थुनामा बस्ने

 इसीमाना सम्वाददाता     २०८० चैत २७ गते ०५: ११ मा प्रकाशित     350   पटक पढिएको

वीरगञ्ज । नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनवाज अन्सारी र ल्याब प्रमुख सञ्जय साहलाई थप ५ दिन थुनामा राख्न अनुमति दिइएको छ ।

 

पर्सा जिल्ला अदालतले नेशनल मेडिकल कलेजका एमडी अन्सारी र ल्याब प्रमुख साहलाई थप ५ दिन थुनामा राख्न अनुमति दिएको हो । पर्सा


वीरगञ्जस्थित नेशनल मेडिकल कलेजबाट सोमबार पक्राउ परेका दुबै जनामाथि जिल्ला अदालत पर्साले अनुसन्धान गर्न दोस्रो पटक बुधवार ५ दिनको म्याद थप गरेको हो ।

अस्पतालको ल्याबबाट म्याद नाघेका केमिकलसहित पक्राउ परेका एमडीसहित २ जनामाथि अनुसन्धान गर्न मंगलबार २ दिनको म्याद थप गरेको थियो ।

उपभोक्ता हित संरक्षण मञ्चका सुनिल श्रेष्ठले दिएको जाहेरीको आधारमा प्रहरीले उनीहरुविरुद्ध कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अन्तर्गत मुदा दर्ता गरेर अनुसन्धान शुरु गरेको छ ।


नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशकले उपभोक्तालाई कालोबजारी गरेको भन्दै उनीसहित ल्याब प्राविधिक संजय साहविरुद्ध श्रेष्ठले जाहेरी दिएका थिए ।


अन्सारी र साह कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अन्तर्गत प्रहरीले अनुसनधान गरिरहेको छ ।

प्रयोगशाला प्रमुख संजय साह प्रहरीको कस्टडीमा छन भने प्रवन्धक अन्सारी बीरगंज हेल्थकेयर अस्पतालको वतानुकुलीत डिलक्स कक्षमा उपचारको नाममा भर्ना भएका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.