logo

उपभोग्य म्याद सकिएको ३ टन चामल बरामद, पसल संचालक केशरीलाई साढे दूईलाख जरिवाना

      11/24/2020 गते 00 00 मा प्रकाशित     752   पटक पढिएको

हेटौंडा सिमा चौकमा रहेको विवेक किराना पसलबाट ३ टन म्याद उपभोग्य म्याद १ वर्ष नाघी सकेको  चामल बरामद भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, उपमहानगरपालिका, उपभोक्ताकर्मीको संयुक्त अनुगमन टोलीले ३० केजीको १ सय बोरा, ९३ हजार किलोग्राम म्याद सकिएको चामल बरामद गरेको हो ।

हेटौंडा–१० टिसियन रोडमा रहेको सो किराना पसलमा बेच्नका लागि भण्डार गरेर राखिएको अवस्थामा उपभोग गर्न अयोग्य चामल बरामद गरिएको हो ।

 

मंगलबार कार्यालयको अगुवाइमा, उपभोक्ता हित संरक्षणम मञ्चका प्रतिनिधि, हेटौंडा उपमहानगरपालिकाका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिसहितको अनुगमन टोलीले चामल बरामद गरेको हो ।

 

बरामद चामललाई उपमहानगरपालिकाको टिपरमा राखेर नष्ट गर्ने तयारी गरेको छ ।


म्याद सकिएको चामल बरामद भएको  किराना पसलका सञ्चालक योगेन्द्रप्रसाद केशरीलाई तत्काल २ लाख ५० हजार समेत जरिवाना  गरेको छ ।

 

भारतको रिपुराज ब्राण्डको प्रिमियम ब्रोकन राईसको बोरामा उल्लेख गरिएको उपभोग्य मिति मेटाएर बिक्री गरिरहेको पाइएको थियो ।

अनुगमन टोलीका अनुसार चामलको उपभोग्य मिति करीब १ बर्ष अघि नै सकिईसकेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.