logo

मालपोत कार्यालय बीरगंजका निमित्त प्रमुख झा सहित पाँच जना पूर्पक्षकालागि जेल चलान

      12/16/2020 गते 00 00 मा प्रकाशित     612   पटक पढिएको

बीरगंज मालपोत कार्यालयका निमित्त प्रमुख सुमन झालाई पर्सा जिल्ला अदालतले पूर्पक्षकालागि जेल चलानको आदेश गरेको छ।

 

वीरगंज महानगरपालिका वडा नं ५ मेनरोडस्थित (मर्कन्टायलको कार्यालय रहेको )करोडौं मूल्यको जग्गा किर्ते नामसारी गरेको अभियोगमा पक्राउ परेका भूमिसुधार तथा मालपोत कार्यालय पर्साका निमित्त कार्यालय प्रमुख  झासहित ५ जनालाई पर्सा जिल्ला अदालतले पूर्पक्षको लागि थुनामा राख्नेआदेश गरेको हो ।

बुधबार पर्सा जिल्ला अदालतका न्यायाधीश हरिकृष्ण श्रेष्ठको इजलासले किर्ते गरी जग्गा नामसारी गरेको आरोपमा पक्राउ परेका मालपोत प्रमुख झा, नायब सुब्बा श्रीनारायणप्रसाद साह, किर्ते जग्गा प्रकरणका मुख्य अभियुक्त केवलप्रताप राणा, जग्गा कारोबारी विश्वास तिवारी र लेखनदास प्रमेश साह कानुलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो  ।

 

लेखनदास अमर साह कानु भने १ लाख धरौटीमा रिहा भएको अदालतका श्रेस्तेदार कृष्ण अधिकारीले जानकारी दिनु भयो  ।

बीरगंज मालपोत कार्यालयका प्रमुख सुमन झालाई पर्सा प्रहरीले मंसीर २४ गते बुधवार बिहान पक्राउ गरेको थियो। मुकेश राजभण्डारी बनेर जग्गा आफनो नाममा नामसारी गराउने  केवलप्रताप राणालाई सीआइवीले असोज २५ मा पक्राउ गरि  बीरगंज पठाएको थियो ।

 

उनको गिरफ्तारीपछि दुईजना लेखनदास प्रमेश साह र अमर साह, व्यवसायी गिरधारीलाल अग्रवाल, नायव सुब्बा श्रीनारायण प्रसाद र जपरेका थिए ।

 


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.