logo

संस्थागत क्षमता मूल्याङ्कनमा बीरगंज अन्तिममा,पर्सामा ठोरी बारामा परवानीपुर अब्बल

 इसीमाना सम्वाददाता     २०८१ भदौ २२ गते ०७: ५७ मा प्रकाशित     579   पटक पढिएको

तस्विर बायाँबाटः परावनीपुर गाँपालिकाका अध्यक्ष राम क्षेत्री पटेल, ठोरी गाउापालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठ र कलैया उपमहानगरपालिकाका प्रमुख बिनोद साह

 

बीरगंज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक बर्ष २०७९/०८० को संस्थागत क्षमता (लिजा) मूल्याङ्कन सार्वजनीक गरेको छ ।


मंत्रालयले प्रकाशीत गरेको नतिजा अनुसार देश भरिका ६ महानगर मध्य बीरगंज महानगपालिका मूल्याकंनमा अन्तिम ६ मा परेको छ ।


शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, बार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापन, वितीय एवम् आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, सहकार्य तथा समन्वय मूल्याकंनका सूचक हुन ।

यही सूचकको आधारमा सार्वजनीक गरिएको नतिजमा ललितपुर महानगरपालिका पहिलो स्थानमा छ । उसले ८४.५ अंक पाएको छ ।

भरतपुर दोश्रो ८३.२५ , बिराटनगर तेश्रो ८२.५ पोखरा चौथो ८०.२५ पांचौ काठमाण्डौं ७७.५ र अन्तिममा बीरगंज महानगरपालिका ५९.५ अंक ल्याउन सफल भएका छन ।

पर्साको ठोरी गाउँपालिका यस वर्षको मूल्याकनमा पनि पहिलो स्थानमा रहेको छ ।

 

गत वर्ष पनि ठोरी पर्साको पहिलो स्थानमा थियो । बारामा यसपटक कलैया उपमहानगरपालिका पहिलो स्थानमा छ । गत वर्षपनि पालिकाहरुमा परवानीपुर गाउँपालिका पहिलो स्थानमै थियो ।

 

समग्रमा भने बारमा परवानीपुर गाउँपालिका दोश्रो स्थानमा छ । यद्धपी पालिकाहरुमा परवानीपुर कार्य सम्पदान मूल्याकंनमा पहिलो नै हो ।


पर्सामा ठोरी पछि पर्सागढी नगरपालिका दोश्रो, तेश्रोमा जगरनाथपुर गाउँपालिका रहेको छ ।

 

बहुदरमाई नगरपालिका चौथोे ,पकाहा मैनपुर पाँचौं ,जिराभवानी छैठौ. पोखरिया सातौ स्थानमा रहेको छ । छिपहरमाई आठौै सखुवा प्रसौनी नवौ बिन्दावासीनी दशौ स्थानमा रहेका छन ।

 

छैठौं स्थान देखीकाले प्राप्त गरेको अंक भार भने ४५ भन्दा कम रहेको छ । पटेर्वासुगौली ३९, कालिकामाई ३१, धोविनी २५ अंक प्राप्त गरेर कार्यसम्पादन मूल्याकनमा पछाडि रहेका छन ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.