logo

उखु खरिद बापतको करोडौ रुपैया रुपैया किसानलाई भूक्तानी नदिने उधोगपती अग्रवाल गोल्छा र झा बिरुद्ध पक्राउ पूर्जी जारी

      12/17/2020 गते 00 00 मा प्रकाशित     516   पटक पढिएको

उखु किसानको रकम भूक्तानीनदिने चिनीउधोगका संचालक बिरुद्ध सरकार कडा रुपमा प्रस्तुत हुने संकेत देखिएको छ । उधोग मंत्री लेखराज भट्टले उधोगीलाई पक्राउ नगर्न दवाव  आएको सर्वजनीक भएसंगै सरकार उधोगपति पक्राउ गर्न सक्रिय भएको छ । 

 सर्लाही जिल्लाको धनकौल स्थित अन्नपूर्ण चिनी उद्योगका सञ्चालक राकेश अग्रवाल विरुद्ध जिल्ला प्रशासन कार्यालय सर्लाहीले पक्राउ पूर्जी जारी गरेर सरकारी सक्रियता देखाएको हो  ।

उखु किसानको वर्षौंदेखिको करोडौं रकम भुक्तानी नदिएका कारण उद्योगपति अग्रवाल विरुद्ध पक्राउ पूर्जी जारी गरिएको हो सर्लाहीका प्रमुख जिल्ला अधिकारी  सुरेन्द्र पौडेलले जानकारी दिनु भयो ।

 

किसानले दिएको उजुरीका आधारमा पक्राउ पूर्जी जारी गरिएको गरिएको बताउदै पौडेलले अन्नपूर्णले किसानहरुको १७ करोड रुपैंया भुक्तानी गर्न बाँकी रहेको देखिएको बताउनु भयो ।

बुधवार  स्थानीय प्रशासनले पक्राउ पूर्जी जारी गरेपछि सो पूर्जीका आधारमा मुलुकको जुनसकै ठाउँबाट पनि प्रहरीले अग्रवाललाई नियन्त्रणमा लिन सक्ने एक सुरक्षा अधिकारीले जानकारी दिए ।

 

जिल्लाकै हरिवन स्थित ईन्दुशंकर चिनी उद्योग र गोडैताको बगदह स्थित महालक्ष्मी सुगर मिलको भने किसानहरुलाई दिनुपर्ने बक्यौता नरहेको बताईएको छ ।
अन्नपूर्ण चिनी उद्योगले बरहथवा, धनकौल, बलरा, रामनगर, बसबरिया, गोडैता लगायत स्थानीय तहका हजारौं किसानको झण्डै पाँच वर्ष देखिको उखुको भुक्तानी नदिएको किसानहरुले गुनासो गर्दै आएका छन् । 

 

रौतहटको मह्मदपुर गरुडामा रहेको श्रीराम सुगर मिल्सका सञ्चालकसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

रौतहटका उखु किसानको बक्यौता रकम भुक्तानी नगरेको भन्दै उखु उत्पादक संघ समेत किसानहरुले श्रीराम सुगर मिल्सका सञ्चालकमाथि बुधवार ठगी मुद्दा दायर गराएका थिए । ४६ जना उँखु किसानहरुले सँयुक्त रुपमा जिल्ला प्रहरी कार्यालय रौतहटमा ठगी मुद्दा दर्ता गराए पछि जिल्ला अदालत रौतहटले श्रीराम सुगर मिल्सका सञ्चालकसहित तीन जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ ।

त्यसैगरि श्रीराम सुगर मिलका सञ्चालक हितेश गोल्छा, सञ्चालक विशाल अग्रवाल र श्रीराम सुगर मिल्स गरुडाका कार्यकारी उपाध्यक्ष पद्मकान्त झालाई पक्राउ गर्न पुर्जी जारी भएको सुरक्षा श्रोतले जानकारी दिएको छ । पक्राउ पुर्जी जारी भएका व्यक्तिहरुको खोजतलाशका लागी आवश्यक समन्वय भइरहेको प्रहरी श्रोतको दाबी छ । श्रीराम सुगर मिल गरुडाले  ४१ करोड रुपैयाँ तिर्न बाँकी रहेको उखु उत्पादक संघ रौतहटका वरिष्ठ उपाध्यक्ष रामप्रमोद यादवले बताउनु भयो  ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.