logo

प्ररीद्वारा गाँजाका ३५ हजार बिरुवा नष्ट,इमान र ब्यवसायीक निष्ठामाथि शंका

 इसीमाना सम्वाददाता     २०८१ कार्तिक १२ गते १५: ५६ मा प्रकाशित     294   पटक पढिएको

वीरगन्ज । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको कमाण्डमा प्रतिवन्धित लागु औषध गाँजा खेती फडानी गरिएको छ ।   सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर १ को सखवनियमा  गाँजा खेती फडानी गरेको हो ।

इलाका प्रहरी कार्यालय एकटाँगाबाट खटिएको प्रहरी बरिष्ठ नायब निरिक्षक यज्ञानन्द प्रसाद साहको कमाण्डको टोली र प्रहरी चौकी बढनिहार , रंगपुर, अस्थायी प्रहरी पोष्ट मनवा, सुरक्षा बेश क्याम्प बागेश्वरी र सखबनिया रेञ्ज पोष्ट बाट समेत खटिएको संयुक्त टोलीले गाँजा खेती फाँडेको हो ।

टोलीले बडनिहार , कोइलाभार, बिन्दबासीनी साझेदारी वनको क्षेत्रमा लगाइएको अन्दाजी ५ बिगाहा जग्गाको गाँजा खेती फडानी गरेको पटेर्वासुगौलीका प्रहरी निरिक्षक मोहन जंग थापाले जनाए ।


उनका अनुसार अवैध रुपले १७ स्थानमा लगाइएको ३५ हजार गाँजाको बोटबिरुवा फाँडेर नष्ट पारिएको हो ।

 

त्यसअघि कात्तिक १० र ७ गतेसमेत प्रहरी टोलीले फरक फरक स्थानहरुमा लगाइएका गाँजालाई फाडेर नष्ट पारेको थियो । 

 

स्थानीय प्रहरीको लापरवाहीका कारण पर्साको ग्रामीण क्षेत्रमा तस्करहरुले गाँजा खेतीको प्रयास गरेका छन । स्थानीयले दिएको सूचनाको आधारमा प्रहरीले गाँजा फडानी गरेको पर्सा प्रहरीले बिज्ञप्ति जारी गरेरै जनाएको छ ।

 

गाँजा खेती उन्मुलन भएको पर्सामा छिटफूट  गाँजा खेतीको प्रयास हुनुको पछाडिको रहस्य खोजी गर्न प्रहरीले सुक्ष्म अनुसन्धान गर्न आवश्यक रहेको स्थानीय बुद्धिजीवीहरुको भनाई छ । 

 

स्थानीय रुपमा रहेका प्रहरी युनिटले आफ्नो क्षेत्रमा प्रतिवन्धित गाँजाको खेती भएको चाल नपाउने अनी टाढा रहेको इलाका प्रहरीले थाहा पाउने कुरा नै अचम्म लाग्दो छ । 


स्थानीय युनियटमा रहेका प्रहरीको इमान र ब्यवसायीक निष्ठामाथि शंका उत्पन्न हुने गरि गाँजा खेतीको प्रकरण सार्वजनीक भएको छ ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

वीरगन्जमा मधेश साहित्य महोत्सव २०२६ सुरु, भाषा–संस्कृति र दबिएका आवाजको साझा मञ्च

वीरगन्ज । मधेश तथा समग्र नेपालको भाषा, साहित्य र संस्कृतिको विविधतालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित मधेश साहित्य महोत्सव २०२६ बिहिवारदेखि वीरगन्जमा औपचारिक रूपमा सुरु भएको छ।

स्वच्छ, हरियाली र व्यवस्थित वीरगञ्ज निर्माणका लागि सबै सरिक भएर लाग्न आवश्यक छः प्रमुख सिंह

वीरगञ्ज ।  नेपाल–भारत सीमावर्ती क्षेत्र वीरगञ्जको मितेरीपुलमा सीमा सुरक्षा पोष्ट सञ्चालनमा ल्याइएको छ। सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उक्त पोष्ट सञ्चालनमा ल्याइएको हो।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.