logo

थारु  समुदायको माघी महोत्वस पर्साको दुई स्थानमा मनाईदै 

      1/12/2021 गते 00 00 मा प्रकाशित     694   पटक पढिएको

नेपालको आदिवासी थारु समुदायको नयाँबर्ष माघी अर्थात खिचडी यसबर्षपनि पर्सामा दुई स्थानमा मनाउने भएका छन् । पर्साको वीरगन्ज महानगरपालिकाको स्वीमिङपुल परिसर र पर्सागढी नगरपालिकाको वडा नम्बर ३ बढ्निहार स्थित जनता माविमा २६४५ औं नयाँबर्ष माघी ‘खिचडी’ मनाउने तयारी गरेको माघी महोत्सव मूल समारोह समितिले मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा आयोजना गरिएको पत्रकार सम्मेलनमा थारु सम्वत २६४५ तथा ‘खिचडी’ माघीको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । थारु कल्याणकारिणी सभा पर्सा लगायत थारु समुदायसँग आवद्ध रहेका सम्पूर्ण संगठनहरुको संयुक्त आयोजनामा महोत्सव हुन लागेको छ ।

थारु समुदायले हरेकबर्ष वीरगन्जको स्वीमिङ पुलमा मनाउदै आएको माघीमा यसबर्षपनि गतबर्षहरुमा जस्तै विभिन्न थारु परिकार, सांस्कृतिक कार्यक्रम, थारु संस्कृति झल्किने भेषभूषा लगायतको आकर्षण रहने मूल आयोजक समारोह समितिका संयोजक प्रभू चौधरीले जानकारी दिनुभयो । त्यस्तै मानवीय सेवाका लागि पनि विगतमा जस्तै रक्तदानको पनि आयोजना गरिने छ ।

४५ हजार जनसंख्या रहेको पर्साको थारु समुयदायले हरेक बर्षको माघ १ गते नयाँ सम्वतको रुपमा मनाउने गरेपनि अन्य समयमा भने यसलाई खासै महत्व दिएको पाईएको छैन । थारु समुदायबाट प्रतिनिधित्व गर्ने थुप्रै राजनीतिक दलका नेताहरु भएपनि थारु समुदायको भावनालाई समेटेर मूलधारमा ल्याउन अझै सकिरहेको छैन । राजनीतिक चेतनाको विकास भएपनि अझै सांस्कृति चिन्तनमा भने थारु समुदायबाट राजनीतिक गर्ने अगुवाहरुको ध्यान जान नसकेको थारु समुदायको गुनासो छ ।

थारु समुदायबाट जुनसुकै पार्टीको उच्च तहमा पुगेपनि थारु समुदायको अवस्था उस्तै रहेको उनीहरुको भनाई छ । संयोजक प्रभु चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा थारु कल्णणकारिणी सभाका केन्द्रीय पार्षद प्राध्यापक राजेन्द्र चौधरी, नन्दकिशोर पञ्जियार, पटेर्वा सुगौली गाउँपालिकाकी उपाध्यक्ष ममता महतो थारु, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ प्रदेश नम्बर २ का इन्चार्ज नीरज पिठाकोटे मगर, नेपाल पत्रकार महासंघ प्रदेश समितिका सदस्य जगत राई, नेपाल पत्रकार महासंघ पर्साका सचिव युवराज खतिवडा, थारु पत्रकार संघ पर्साका सदस्य शम्भु चौधरी, प्रकाश थारु, विजया ओझैया लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण थारु पत्रकार संघकी उपाध्यक्ष पुनम चौधरीले गर्नुभएको थियो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.