logo

सम्पती कब्जा गर्ने फूफाजुको सनकले भदाको हत्या, अन्य दुई जनामा पनि गिरफ्तार

      1/29/2021 गते 00 00 मा प्रकाशित     646   पटक पढिएको

पर्सा जिल्लाको पर्सागढी नगरपालिकाको वडा नं ४ बहुवरीमा पुष १ गते भएको एउटा हत्याकाण्डमा घरपरिवारका मान्छेको संलग्नता भएको खुलेको छ । त्यो हत्या सम्पती पाउनकालागि आफनै फुपाजुले गरेको खुलेको हो । 

पुष १ गते पर्सागढी नगरपालिकाको वडा नं ४ मा पर्ने बहुवरी चैनपुरको खेतको आलीमा रहेको पकडीको रुखमा २१ वर्षिय अकलेश राउत झुण्डीएको अवस्थामा फेला परेका थिए ।

बहुदरमाई नगरपालिका वडा नम्बर ४ बहुअरी निवासी २१ वर्षीय अकलेश राउत अहिर खेतमा झुण्डीरहेको अवस्थामा फेला परेका थिए ।  झट्ट हेर्दा अकलेशले आत्महत्या गरेको जस्तो देखिन्थ्यो । तर, अकलेशले आत्माहत्या गरेका थिएनन । उनको आफ्नै फुपाजु पर्ने व्यक्तिले सम्पतिको लोभमा हत्या गरेका रहेछन । 

जिल्ला प्रहरी कार्यालले पर्साले शुक्रबार अकेलेशको हत्यारालाई सार्वजनिक गर्दै सम्पतिको लोभमा उनको हत्या आफ्नै फुपाजुले अन्य दुईजनासँग मिलेर गरेको जनाएको छ ।


पर्सागढी नगरपालिका वडा नम्बर ५ निवासी ५१ वर्षीय भागिरत राउत अहिरले स्थानीय अन्य दुईजनासँग मिलेर उनको हत्या गरेका थिए । प्रहरी बिभिन्न कोणबाट  अनुसन्धान सुरु गर्दा अकलेशको हत्या भएको खुलेको पर्सा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले बताउनु भयो  । 

अहिरले भतिजा अकलेशलाई मारेर उनको बुवा र ठूलो बुवाको नाममा रहेको सम्पूर्ण जग्गा र सम्पति आफ्नो बनाउँने लोभमा हत्या गरेको अनुसन्धानले देखाएको प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिनु भयो  ।

 

अकेशलका ठुलोबुवको पनि सन्तान नभएको र अकलेश समेत एकल सन्तानको रुपमा रहेको अवस्थामा उनको हत्यापछि सम्पती आफनो सन्तानको हुने लोभमा भागिरतले भदा अकलेशको हत्या गरेको खुलेको छ । 

प्रहरीले पर्सागढी नगरपालिका वडा नम्बर ५ निवासी ४१ शेष ताहिर मियाँ र २७ वर्षीय छठु पटेललाई पनि पक्राउ गरेको छ । उनीहरुलाई अहिरले आर्थिक प्रलोभनमा पारेर हत्यामा संलग्न गराएका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.