logo

पत्रकारिता अध्ययन गर्न चाहने संचारकर्मीकालागि बीरगंजमा बिशेष अवसर,न्यून शुल्कमा प्लस टु अध्यापन ब्यवस्था

 इसीमाना सम्बाददाता     २०८१ पौष १८ गते ०६: १८ मा प्रकाशित     258   पटक पढिएको

वीरगञ्ज । पत्रकारिता अध्ययन गर्न चाहने नेपाल पत्रकार महासघका पर्साका सदस्य एवं संचारकर्मीकालागि बीरगंजमा महत्वपूर्ण अवसरको सृजना भएको छ ।


नेपाल पत्रकार महासंघ पर्सा शाखा र वीरगञ्ज कलेज, श्रीपुर वीच भएको सहमतीले यस्तो अवसर सृजना गरेको हो । बिहिवार कलेज र महासंघवीच सात बूंदे सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

 

महासंघका तर्फबाट अध्यक्ष ओम प्रकाश खनाल र कलेजका तर्फबाट अलेजका अध्यक्ष डा.दीपेन्द्र चौधरीले हस्ताक्षर गरेका छन । 


सहमती पत्रमा पर्सा जिल्लाको शैक्षिक, सामाजिक, अर्थराजनीतिक क्षेत्रको प्रवद्र्धनका लागि सहकार्य गर्ने, पर्सा जिल्लाको शैक्षिक क्षेत्र सुधारका लागि दुवै पक्षको सहकार्यमा विभिन्न बहस, अन्तरक्रिया गरिने उल्लेख छ ।

त्यस्तै पर्सा जिल्लाको पत्रकारिता क्षेत्रको प्रवद्र्धन र कार्यरत पत्रकारहरूको दक्षता अभिवृद्धिका लागि सहकार्य गर्ने, जिल्लालाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहेका पत्रकारहरुको क्षमता वृद्धिका लागि वीरगञ्ज कलेजमा सञ्चालित पत्रकारिता विषयमा अध्ययनको व्यवस्था मिलाइने सहमती गरिएको छ ।


पत्रकारिता अध्ययन गर्न चाहने पहिलो पक्षका सदस्य एवम् सञ्चारकर्मीलाई दोस्रो पक्षले प्रतिवर्ष कुल पाँच हजारमा कक्षा ११ र १२ वीरगञ्ज स्कूल मार्फत अध्ययन गराउने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले तोकेको रजिष्ट्रेशन, परीक्षा शुल्क तथा प्रमाण पत्र शुल्क भने  विद्यार्थीले वहन गर्नुपर्ने छ ।

दुवै पक्षले आवश्यकता अनुसार स्थानीय अन्य सरोकारहरुको सकारात्मक परिवर्तनका प्रयासलाई प्राथमिकताका साथ समन्वय गर्ने पनि समझदारी पत्रमा उल्लेख छ ।

 

समझदारीको समयावधि चालु शैक्षिक सत्रसहित ३ शैक्षिक सत्रसम्म रहनेछ । आवश्यकताअनुसार दुवै पक्षको समझदारीमा अर्वाध थप्न सकिने समझदारी पत्रमा जनाईएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.