logo

प्रेस चौतारीको जिल्ला भेला समपन्न ,महासंघको निर्वाचनमा प्रगतीशिल पत्रकारहरुको तर्फबाट अध्यक्षमा तिवारीको नाम घोषणा 

      3/20/2021 गते 00 00 मा प्रकाशित     671   पटक पढिएको

नेपाल पत्रकार महासंघ पर्सा शाखाको आगामी २५ गते हुने निर्वाचनकालागि प्रेस चौतारी नेपालले उम्मेदवारी घोषणा गरेको छ ।

 

ब्यवसायीक प्रगतीशील पत्रकारहरुको तर्फबाट चौतारीले अनुप तिवारीलाई अध्यक्षको रुपमा अगाडि सारेको हो । वीरगंज स्थित रोयल पार्टी पैलेसमा भएको भेलाले नेपाल पत्रकार महासंघ पर्साको आसन्न निर्वाचनमा चौतारीबाट अध्यक्ष पदमा अनुप तिवारीको नाम घोषणा गरिएको छ ।

 

प्रेस चौतारी नेपालका केन्द्रीय लेखा समितिका सदस्य तथा नेपाल पत्रकार महासंघ प्रदेश उपाध्यक्ष के.सी. लामिछानेले  अध्यक्ष पदमा तिवारीको नाम घोषणा गर्नु भएको थियो  ।

 

प्रेस चौतारी  नेपाल  पर्साका अध्यक्ष श्याम बन्जाराको अध्यक्षतामा भएको कार्यक्रमा प्रेस काउन्सिल नेपालका सदस्य एवम चौतारीका प्रदेश इन्चार्ज लालबाबु शेष के.सी.लामिछाने नेकपा एमालेका नेता डा.बिश्वम्भर शर्मा , पत्रकारहरु महेश दास,  लक्ष्मी खरेल, महेश गौत्तम, सुर्दशनराज पाण्डे विजय कुशवाहा लगायतले चुनावी रणनीति र प्रगतीशील ब्यवसायीक पत्रकारहरुको मुद्धाको बिषयमा प्रकाश पार्नु भएको थियो । प्रेस चौतारीले आज अध्यक्षको मात्र नाम घोषणा गरेकोमा अन्य उम्मेदवारहरुको पनि छिटै घोषणा गर्ने सचिव संजीव मिश्रले जानकारी दिनु भयो । 
 
कार्यक्रममा प्रेस चौतारी नेपाल पर्साले प्रेस काउन्सीलको सदस्यमा नियुक्त लाल वावु शेख र एकोराव को प्रदेश सचिवमा निर्वाचित अच्युत पौडेल लाइ सम्मान गरेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.