logo

रक्त वर्गीकरण गर्ने मेसिन सञ्चालनमा

      4/17/2017 गते 00 00 मा प्रकाशित     1749   पटक पढिएको

वीरगंज, ४ वैशाख÷
    रक्तसञ्चार केन्द्र वीरगंजमा रगत वर्गीकरण गर्ने मेसिन (कम्पोनेन्ट मेसिन) वैशाख ६ गतेदेखि सञ्चालनमा आउने रक्तसञ्चार केन्द्र, वीरगंजका प्रमुख प्रवीण मानन्धरले जानकारी गराए ।  
    नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले ६ महिनाअगाडि पठाएको रगत वर्गीकरण गर्ने मेसिन जेनेरेटर जडान हुन नसक्दा सञ्चालनमा आउन सकेको थिएन ।  वीरगंज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष  विजय सरावगी र उनका साथीहरुले ७ लाखको लागतमा जेनरेटर जडान गरेपछि रगत वर्गीकरण गर्ने मेसिन सञ्चालनमा आउन लागेको मानन्धरले बताए  । 
    काठमाडौं, ललितपुर, भक्तपुर,  नेपालगंज, विराटनगर, बुटवल, चितवन, धनगढी, पोखरा, धरानपछि वीरगंजमा रगत वर्गीकरण गर्ने मेसिन वैशाख ६ गतेदेखि सञ्चालनमा आउन लागेको हो । रक्तसञ्चार केन्द्र, वीरगंजले अहिलेसम्म रक्तदाताहरुबाट उपलब्ध रगतको वर्गीकरण नगरी होल ब्लड बिरामीहरुलाई उपलब्ध गराउ“दै आएको थियो । अब रगत तीन तह प्लाज्मा, प्लेटलेट्स र प्याक्सेलमा वर्गीकरण गरी बिरामीलाई आवश्यकता अनुसारको उपलब्ध गराइने केन्द्रका प्रमुख मानन्धरले बताए  । 
    केन्द्रलाई हाल मासिक ७ सय पिन्ट रगत आवश्यक रहेको र रगत वर्गीकरणको मेसिन जडानपछि  तीन तहमा वर्गीकरण गरिएपछि रगतको सङ्ख्या बढ्ने र माग अनुसारको रगत आपूर्ति गर्न सहज हुने प्रमुख मानन्धरले जानकारी दिए । 
    होल ब्लडबाट तीन तहमा रगत वर्गीकरण गर्दा एक थरि प्लाज्मा रगत हेमोफेलिया, बर्न, सर्पदंश र डेंगुका बिरामीहरुलाई दिन सकिने र अर्कोथरि प्लेटलेट रगत पालोसेमिया, मिर्गौला रोगीलाई तथा प्याक्सेल रगत मिर्गौला, डेंगु तथा रक्तस्राव हुने बिरामीहरुमा प्रयोग हुने उनले जानकारी गराए । 
    प्रमुख मानन्धरले वैशाख ६ गतेदेखि रगत वर्गीकरण मेसिन सञ्चालनमा आउन गइरहेकोले सो दिन बिहान ११ बजे ६० केजी तौल समूहभन्दा माथिका पुरुषहरुलाई रक्तसञ्चार केन्द्र वीरगंजमा सम्पर्क गरी रक्तदान गर्न अनुरोध पनि गरेका छन  । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

कसको सहमतीमा मासुको मूल्य १२ सय भयो ? व्यवसायीहरूले लुटतन्त्र मच्चाएको भन्दै मंचले जनायो आपत्ती

वीरगञ्ज । उपभोक्ता हित संरक्षण मञ्च नेपाल, पर्साले एक बिज्ञप्ति जारी गर्दै अस्वभाविक रुपमा बढेको मूल्यबृद्धिका कारण आम उपभोक्ताको जनजीवनमा गम्भिर असर परेको जनाएको छ ।

शौचालयमा लडेर बारा पचारौताको अमरपट्टीका यादवको मृत्यु

राजविराज । शौचालयमा लडेर एक सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.