वीरगञ्जमा चिकित्सक टोली परिचालन गर्ने सुरक्षा समिति बैठकको निर्णय
इसीमाना सम्बाददाता
२०८२ भदौ ८ गते ०८: ४८ मा प्रकाशित
610 पटक पढिएको
काठमाडौँ । केन्द्रीय सुरक्षा समितिको बैठकले पर्साको वीरगञ्जमा फैलिएको हैजा नियन्त्रणका साथै प्रभावितको उपचारको व्यवस्थाका लागि चिकित्सक टोली परिचालन गर्ने निर्णय गरेको छ ।
गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा सम्पन्न सुरक्षा समितिको बैठकले उक्त निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जनाएका छन ।
गृहमन्त्रीले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई हैजा नियन्त्रणमा परिचालन हुने टोलीको प्रबन्ध मिलाउन निर्देशन दिएका छन। “आवश्यकताअनुसार टोली परिचालनका निम्ति तत्काल तयारी थाल्न मन्त्रीज्यूले निर्देशन दिनुभएको छ”, प्रवक्ता काफ्लले भने ।
गृहसचिव गोकर्णमणि दुवाडीसहित सुरक्षा निकायका प्रमुख सहभागी बैठकमा मुलुकको शान्तिसुरक्षाको समीक्षा भएको थियो ।
यसैबीच, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल र खानेपानीमन्त्री प्रदीप यादवबीच वीरगञ्ज हैजा सङ्क्रमण नियन्त्रणबारे छलफल भएको छ ।
स्थानीय सरकारसँगको समन्वयमा बिरामीको तत्काल उपचार तथा सरकारी एवं निजी अस्पतालमा निःशुल्क परीक्षणको व्यवस्था गरिएको मन्त्री पौडेलले जानकारी दिनुभएको मन्त्री यादवको निजी सचिवालयले जनाएको छ ।
तपाईं हामीसंग फेसबुक र ट्वीटर
मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
वीरगंज । हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।
नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको छ । १ सय भन्दा बढी घाइते भएका छन, जसको उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।
वीरगन्ज । मधेश तथा समग्र नेपालको भाषा, साहित्य र संस्कृतिको विविधतालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित मधेश साहित्य महोत्सव २०२६ बिहिवारदेखि वीरगन्जमा औपचारिक रूपमा सुरु भएको छ।
वीरगञ्ज । नेपाल–भारत सीमावर्ती क्षेत्र वीरगञ्जको मितेरीपुलमा सीमा सुरक्षा पोष्ट सञ्चालनमा ल्याइएको छ। सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उक्त पोष्ट सञ्चालनमा ल्याइएको हो।
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्यो।
तपाईको प्रतिक्रिया