दश परिक्षण मध्य आठमा हैजाको संक्रमण पुष्टि, वीरगंजका बिद्यालयको बिदा बढाइयो
इसीमाना सम्वाददाता
२०८२ भदौ १० गते ०८: १४ मा प्रकाशित
574 पटक पढिएको
वीरगञ्ज । वीरगञ्जमा हैजाको आशङ्कामा १० बिरामीको नमूना परीक्षण गर्दा आठमा सङ्क्रमण पुष्टि भएको जनाएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा रञ्जनराज भट्टले १० वटा नमूनामध्ये आठवटा नमूनामा हैजाको सङ्क्रमण पुष्टि भएको जानकारी दिएका हुन ।
“वीरगञ्जबाट हैजाका लक्षण देखापरेका बिरामीको दिसा सङ्कलन गरेर नमूना परीक्षण गर्न प्रयोगशालामा पठाइएको थियो”, उनले भने “प्रयोगशालामा रहेको ‘भाइटेक’ प्रविधिबाट कल्चर गर्दा १० नमूनामध्ये आठमा सङ्क्रमण भेट्टिएको छ ।”
निर्देशक डा. भट्टले स्थानीय अस्पतालले यसअघि नै ‘आरडिटी’ गरेर हैजा भएको पुष्टि गरे पनि थप पुष्टि गर्न नमूना परीक्षण गरिएको जानकारी दिए ।
“वीरगञ्जका स्थानीय अस्पतालले आरडिटी गरेर हैजा भएको त थाहा पाइसक्नुभएको थियो । कहिलेकाहीँ त्यसमा केही रिजल्ट फरक आउन सक्ने भएकाले थप पुष्टिका लागि यहाँ कल्चर गरिएको हो,” उनले भने ।
यसैवीच वीरगंजका सामुदायिक र संस्थागत बिद्यालयको बिदा बढाइएको छ । वीरगञ्जका विद्यालयमा थप तीन दिन बिदा दिने निर्णय गरेको छ। महानगरपालिकाले हैजाको सङ्क्रमणलाई मध्यनजर गर्दै विद्यालयमा थप तीन दिन बिदा दिने निर्णय गरेको हो ।
महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले आज बसेको नगर प्रमुखस्तरीय बैठकको निर्णयानुसार भदौ ११ देखि १३ गते शुक्रबारसम्मका लागि बिदा दिइने बताए ।
त्यस अवधिमा महानगरअन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयको पठनपाठन स्थगित गरिएको उनले बताए ।
महानगरले बिदा अवधिमा शिक्षक तथा कर्मचारीहरूको टोली बनाई विद्यालय सेवा क्षेत्रभित्र रहेका समुदायमा हैजा नियन्त्रणसम्बन्धी जनचेतनामूलक कार्यहरू सञ्चालन गर्ने जनाएको छ ।
तपाईं हामीसंग फेसबुक र ट्वीटर
मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
वीरगंज । हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।
नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको छ । १ सय भन्दा बढी घाइते भएका छन, जसको उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।
बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
वीरगंज। विगत वर्षको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पटेर्वा सगौली गाउँपालिका वडा नं. ५ ले निचुटाले ल्यापटप पुरस्कार वितरण गरेको छ।
वीरगंज । वीरगंज महानगरपालिकाको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखाले ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण सुरु गरेको छ। शाखाका अनुसार हिजोदेखि प्रारम्भ गरिएको वितरण कार्यक्रम भोलि पनि निरन्तर रहनेछ।
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्यो।
तपाईको प्रतिक्रिया