logo

हैजाको संक्रमण, वीरगंजमा स्वास्थ्यमन्त्री पौडेल अस्पतालको निरिक्षण र बिरामीको अवस्थाबारे जानकारी लिदै

 इसीमाना सम्बाददाता     २०८२ भदौ ९ गते ०५: ०० मा प्रकाशित     587   पटक पढिएको

वीरगन्ज । वीरगन्जमा हैजाको प्रकोप समुदायस्तरमै फैलिएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले आज नारायणी अस्पतालको अनुगमन गरेका छन्।

 

अस्पतालको निरीक्षणका क्रममा उनले उपचारकालागि भर्ना भएका बिरामीहरूको स्वास्थ्य अवस्था, अस्पतालले प्रदान गरिरहेको सेवा तथा उपचारमा देखिएका चुनौतीहरूबारे जानकारी लिएका थिए।

 

मन्त्री पौडेल बिरामीहरूको शय्या नजिक पुगेर उनीहरूको स्वास्थ्य अवस्था र औषधि वितरणबारे जानकारी लिएका छन् । एक बिरामीका आफन्तले डाक्टरले तोकेको औषधिको पैसा तिर्नुपरेको गुनासो गर्दा मन्त्री पौडेलले यस विषयमा तत्काल जानकारी लिई समाधान गर्न निर्देशन दिएका छन् ।

 

सो क्रममा अस्पतालका एक स्वास्थ्यकर्मीले बिरामीलाई दिइने सलाइन र इन्जेक्सन निःशुल्क हुने तर अन्य औषधिका लागि पैसा लाग्न सक्ने बताएका थिए।

 

अनुगमनपछि मन्त्री पौडेलले हैजा रोकथाम तथा नियन्त्रणका लागि भइरहेका प्रयासहरूबारे वीरगन्ज महानगरपालिकाका मेयर लगायत अन्य सरोकारवालासँग छलफल गर्ने कार्यक्रम रहेको छ। जिल्ला जनस्वास्थ्य कार्यालय, पर्साका अनुसार, वीरगन्जमा १६१ जना झाडापखालाका बिरामीहरूको परीक्षण गर्दा हालसम्म ७१ जनामा हैजा संक्रमण पुष्टि भएको छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

रंगपुरसम्मको बाँकी सडक निर्माण अघि बढेपछि गाउँपालिका अध्यक्षसहित टिमलाई धन्यवाद

रंगपुर। सखुवा प्रसौनी गाउँपालिका देखी पटेर्वा सुगौलीको वडा नं २ को रंगपुर बजारसम्म पुग्ने बाँकी सडक निर्माण कार्य अघि बढाउने तयारी भएपछि स्थानीयस्तरबाट गाउँपालिका अध्यक्ष तथा गाउँपालिका परिवारप्रति धन्यवाद व्यक्त गरिएको छ।

चीनमा पदक जित्ने वीरगंजका तीन तेक्वान्दो खेलाडीलाई महानगरपालिकाको सम्मान

चीनमा पदक जित्ने वीरगंजका तीन तेक्वान्दो खेलाडीलाई महानगरपालिकाको सम्मान
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.