logo

सानो पाइलाले ३ महिनाकालागि नारायणी अस्पताललाई दियो ६ भेन्टिलेटर

      8/9/2020 गते 00 00 मा प्रकाशित     1089   पटक पढिएको

सानो पाइलाले वीरगञ्जस्थित नारायणी अस्पताललाई ६ थान भेन्टिलेटर उपलब्ध गराएको छ । नारायणी अस्पताललाई उपलब्ध गराइएको भेन्टिलेटर इनभेसिब र नन इनभेसिब प्रकारका रहेको सानो पाइलाले जनाएको छ ।

पछिल्ला दिनहरूमा पर्सा जिल्लामा कोरोना भाइरस सङ्क्रमणको प्रकृति र रफ्तार चिन्तित तुल्याउने किसिमको छ। लक्षण देखिएका र दीर्घरोगी सङ्क्रमितलाई कुनै पनि बेला भेन्टिलेटरजडित आईसीयूमा राखेर उपचार गर्नुपर्ने देखिएकाले नारायणी अस्पतालवाट यो सेवा प्रवाह गर्न लागिएको सानो पाइलाले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।


स्वास्थ्य मन्त्रालयले गरेको वर्गीकरणअनुसार प्रदेश २ मा लेभल १ का अस्पतालमा ५ र लेभल २ का अस्पतालमा ५ गरी मात्र १० भेन्टिलेटर भएको अवस्था छ ।

 

त्यसैले भेन्टिलेटरको अभाव हुन सक्ने देखेर नारायणी अस्पताललाई ६ वटा भेन्टिलेटर हस्तान्तरण गरिएको सानो पाइलाका गभर्निङ बोर्ड सदस्य डा. राकेश कुमार झाले जानकारी दिनु भयो  ।

 

‘कोरोना सङ्क्रमणको विद्यमान परिदृश्य हेरेर हामीले हाललाई तीन महिनाका लागि भेन्टिलेटरहरु उपलब्ध गराएका छौँ । आवश्यक परे थप समय सेवा दिन पनि सकिन्छ,’ बोर्ड सदस्य डा. झाले भन्नु भयो।

सानो पाइलाले नेपाल भेन्टिलेटर सर्भिससँगको सहकार्यमा नारायणी हिजो आज आयोजित एक कार्यक्रमबीच सानो पाइलाका सभापति सुदीप कुमार लामा र नेपाल भेन्टिलेटर सर्भिसका सह(संस्थापक डा. विशाल ढकालले सम्झौतामा हस्ताक्षर गरेका थिए ।

कोरोना सङ्क्रमितको उपचारका लागि भेन्टिलेटर सेवा उपलब्ध गराउन सहायता नेपाल र बुढानिलकण्ठ पूर्व विद्यार्थी समाजले आर्थिक सहयोग गरेका हुन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




खेलकुद

कर्णालीमा हुने दसौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक

काठमाडौँ । कर्णाली प्रदेशमा हुने दसौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट मंगलवार सार्वजनिक गरिएको छ ।

वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगीताको फाईनलमा  मच्छिन्द्र र नेपाल पुलिस भिड्ने

वीरगञ्ज । मच्छिन्द्र क्लब, वीरगञ्जमा जारी दोश्रो वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगीताको फाईनलमा प्रवेश गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.