logo

वीरगंजमा ‘मधेश साहित्य महोत्सव’ आयोजना हुने

 इसीमाना सम्वाददाता     २०८१ चैत २० गते १४: ३७ मा प्रकाशित     409   पटक पढिएको

वीरगञ्ज । वीरगञ्जमा पहिलो पटक ‘मधेश साहित्य महोत्सव’ आयोजना हुने भएको छ । मधेशको सामाजिक, सांस्कृतिक र साहित्यिक उन्नयनलाई प्रवर्द्धन गर्ने उद्देश्यले चैत २२ र २३ गते यो महोत्सवको आयोजना गर्न लागिएको हो। नेपालका २२ वटा तराई  मधेशका जिल्लाहरूको कला, भाषा, संस्कृति र साहित्यलाई महोत्सवमा समेटिने आयोजकले बताएका छन  ।

महोत्सवबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष गणेश लाठले वीरगञ्जले सामाजिक सुधार र आन्दोलनहरूको अग्रणी भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे। प्रजातान्त्रिक आन्दोलनदेखि मधेश आन्दोलनसम्म, नागरिक अधिकारका आवाजहरूदेखि औद्योगिक एवं व्यापारिक विकाससम्म वीरगञ्जको विशेष योगदान रहेको उनको भनाइ थियो।

लाठले भने, “अब साहित्य र संस्कृतिको प्रवर्द्धन गर्दै नवीन विचारहरूको आदान(प्रदान गराउन तथा नवोदित प्रतिभाहरूलाई प्रोत्साहित गर्न यो महोत्सव महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।”

 


साहित्य केवल शब्दहरूको संयोजन नभई समाजको ऐना भएको उल्लेख गर्दै आयोजकहरूले यस महोत्सवले नेपाली साहित्यको विविधता उजागर गर्ने, मधेशी समाजका मुद्दाहरू उठाउने र साहित्यिक पुनर्जागरण ल्याउने बताए। महोत्सवमा ख्यातिप्राप्त साहित्यकार, कलाकार, पत्रकार, युवा सर्जक एवं सामाजिक अभियन्ताहरूले आफ्ना विचार, अनुभूति र सिर्जनाहरू प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

महोत्सवमा बहस, अन्तरक्रिया, कविता वाचन, साहित्यिक प्रस्तुति एवं सांस्कृतिक कार्यक्रमहरू समावेश गरिएका छन्, जसले मधेशको साहित्यिक परम्परालाई एकीकृत गर्ने लक्ष्य राखिएको छ। आयोजकहरूले भविष्यमा महोत्सवलाई अझ व्यापक बनाउने योजना रहेको जानकारी दिए।

महोत्सवलाई सफल बनाउन नागरिक समाज, सञ्चार माध्यम, स्थानीय निकाय, युवा स्वयंसेवक एवं विभिन्न संघ(संस्थाहरूले महत्वपूर्ण सहयोग प्रदान गरिरहेका छन्। वीरगञ्ज महानगरपालिका, मधेश विश्वविद्यालय, व्यापारिक प्रतिष्ठानहरू, वित्तीय एवं बीमा क्षेत्रका संस्थाहरू, शैक्षिक संघ(संस्थाहरू, कला तथा सांस्कृतिक निकायहरू, पत्रकार महासंघ एवं सञ्चारकर्मीहरू प्रति आयोजकहरूले विशेष आभार व्यक्त गरेका छन्।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.