logo

कुर्मी समुदायद्वारा रामनवमी महोत्सवमा मोटरसाइकल र्याली सम्पन्न

 इसीमाना सम्बाददाता     २०८१ चैत २४ गते ०६: १२ मा प्रकाशित     963   पटक पढिएको

वीरगंज । वीरगंजमा तेश्रो पटक रामनवमी महोत्सव भब्य रुपमा मनाइएको छ । 

 कुर्मी सशक्तिकरण मञ्च पर्साले तेस्रो पटक रामनवमी महोत्सव आइतवार  भब्यताका साथ मनाएकोे हो । रामनवमी पुजाको शुभ अवसरमा  कुर्मी सशक्तिकरण मञ्च पर्साले रामनवमी महोत्सवमा मोटरसाईकल र्याली निकालेर भब्यताका साथ मनाएको हो । 

May be an image of one or more people and text

कुर्मी सशक्तिकरण मञ्च पर्सा र कुर्मी सेवा सदनको संयुक्त आयोजनामा रामगढवा स्थित कुर्मी धर्मशालाबाट निकालिएको मोटरसाईकल र्याली पावरहाउस चौक, मुर्ली, घण्टाघर, माईस्थान, मकालु चौक, आर्दशनगर, घडिहर्वा हुदै नगर परिक्रमा गरि पुनः धर्मशाला पुगेर समापन  गरि प्रसाद बितरण गरिएको थियो । 

कुर्मी समुदायले आफु रामजीको वंशज रहेको भन्दैं खुशियालीमा हरेक वर्ष चैत्र नवमी अर्थात रामनवमीको दिन प्रभु श्रीराम जीको जन्मउत्सव भब्यताका साथ मनाउने गरेका छन ।  


र्यालीको क्रममा भक्तजनहरुले जय श्रीराम, जय गंगे, जय कुर्मीको नारा लगाएका थिए । 

कुर्मी सशक्तिकरण मञ्च पर्साका अध्यक्ष दिपक पटेलको अध्यक्षतामा निकालीएको मोटरसाईकल र्यालीमा राप्रपाका सांसद बिना जयसवाल, एमाले नेता शिव पटेल, माओवादीका नेता मनोज चैधरी, समाजिक अभियन्ता सुरेन्द्र कुर्मी लगायत मञ्चका पदाधिकारी, सदस्य तथा कुर्मी समाजका अगुवा, बुद्धिजिविहरुको सहभागीता रहेको  प्रवक्ता अनिल पटेलले बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.