logo

कुर्मी समुदायद्वारा रामनवमी महोत्सवमा मोटरसाइकल र्याली सम्पन्न

 इसीमाना सम्बाददाता     २०८१ चैत २४ गते ०६: १२ मा प्रकाशित     857   पटक पढिएको

वीरगंज । वीरगंजमा तेश्रो पटक रामनवमी महोत्सव भब्य रुपमा मनाइएको छ । 

 कुर्मी सशक्तिकरण मञ्च पर्साले तेस्रो पटक रामनवमी महोत्सव आइतवार  भब्यताका साथ मनाएकोे हो । रामनवमी पुजाको शुभ अवसरमा  कुर्मी सशक्तिकरण मञ्च पर्साले रामनवमी महोत्सवमा मोटरसाईकल र्याली निकालेर भब्यताका साथ मनाएको हो । 

May be an image of one or more people and text

कुर्मी सशक्तिकरण मञ्च पर्सा र कुर्मी सेवा सदनको संयुक्त आयोजनामा रामगढवा स्थित कुर्मी धर्मशालाबाट निकालिएको मोटरसाईकल र्याली पावरहाउस चौक, मुर्ली, घण्टाघर, माईस्थान, मकालु चौक, आर्दशनगर, घडिहर्वा हुदै नगर परिक्रमा गरि पुनः धर्मशाला पुगेर समापन  गरि प्रसाद बितरण गरिएको थियो । 

कुर्मी समुदायले आफु रामजीको वंशज रहेको भन्दैं खुशियालीमा हरेक वर्ष चैत्र नवमी अर्थात रामनवमीको दिन प्रभु श्रीराम जीको जन्मउत्सव भब्यताका साथ मनाउने गरेका छन ।  


र्यालीको क्रममा भक्तजनहरुले जय श्रीराम, जय गंगे, जय कुर्मीको नारा लगाएका थिए । 

कुर्मी सशक्तिकरण मञ्च पर्साका अध्यक्ष दिपक पटेलको अध्यक्षतामा निकालीएको मोटरसाईकल र्यालीमा राप्रपाका सांसद बिना जयसवाल, एमाले नेता शिव पटेल, माओवादीका नेता मनोज चैधरी, समाजिक अभियन्ता सुरेन्द्र कुर्मी लगायत मञ्चका पदाधिकारी, सदस्य तथा कुर्मी समाजका अगुवा, बुद्धिजिविहरुको सहभागीता रहेको  प्रवक्ता अनिल पटेलले बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.