logo

रौतहटको राजपुरमा हैजा संक्रमणको आशंका, प्रदेश सरकार स्थलगत अनुगमनमा, उपचारको प्रतिवद्धता

 इसीमाना सम्वाददाता     २०८१ असोज ५ गते ०७: ३१ मा प्रकाशित     508   पटक पढिएको

राजपुर नगरपालिकाको हैजा प्रभावित क्षेत्रलाई यथाशिघ्र नियन्त्रणमा लिन प्रदेशका स्वास्थ्य सचिव संजयकुमार ठाकुर सरोकारवालाहरु संग छलफल गर्दै

रौतहट । राजपुर नगरपालिकामा हैजाको सक्रमणको आशंकाका बिषयमा समाचार सार्वजनीक भएपछि मधेश सरकारको स्वास्थ्य मंत्रालयले चासो देखाएको छ ।

शनिवार मधेश सरकारको स्वास्थ्य मंत्रालयका सचिव संजयकुमार ठाकुर बिशेषज्ञ चिकित्सकको टोली सहित राजपुरमा स्थलगत अनुमगनकालागि पुगेका छन ।


हैजाको जस्तो लक्षण देखिएको महामारीलाई निन्यन्त्रणमा लिन प्रदेश सरकारले चिकित्सकहरुको टोली सहित औषधी पठाउने ब्यवस्था मिलाउने ठाकुरले बताए ।


विरामीहरुको भोली देखि परिक्षण गरिने उनले प्रतिबद्धता जनाएको राजपुर नगरपालिकाक निमित्त प्रमुख प्रशासकीय अधिकृत खुर्शेद आलमले बताए ।

राजपुर नगरपालिकाको वडा नम्वर ३ र ४ मा हैजाको लक्ष्ण देखिएका विरामीको संख्या ५१ पुगेको छ ।


असोज ३ गते देखि देखापरेको झाडापाखाला प्रकोपको रुपमा देखा परेको हो ।

 

प्राथमिक स्वास्थ्य केन्द्र राजपुरमा उपचार गराउन आउनेको संख्या ५१ पुगेको राजपुर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख खुर्शिद आलमले जानकारी दिए ।

 उपचार गराउन आउने मध्ये ७ जनाको आरडिटी प्रविधिबाट परिक्षण गर्दा ६ जनामा हैजाको किटाणु फेला परेपछि कल्चर परिक्षणको लागि जनकपुर पठाइएको उनले बताए ।

 

५१ जना बिरामी मध्य २० जना उपचार पछि घर फर्किएका छन । ३१ जनाको उपचार जारी रहेको स्वास्थ्य शाखा प्रमुख आलमले बताए।


विरामी परेकाहरु सबै चापाकल र खानेपानी सपलाई ट्याँकीको पानी खाँदै आएका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.