logo

रौतहटको राजपुरमा हैजा संक्रमणको आशंका, प्रदेश सरकार स्थलगत अनुगमनमा, उपचारको प्रतिवद्धता

 इसीमाना सम्वाददाता     २०८१ असोज ५ गते ०७: ३१ मा प्रकाशित     663   पटक पढिएको

राजपुर नगरपालिकाको हैजा प्रभावित क्षेत्रलाई यथाशिघ्र नियन्त्रणमा लिन प्रदेशका स्वास्थ्य सचिव संजयकुमार ठाकुर सरोकारवालाहरु संग छलफल गर्दै

रौतहट । राजपुर नगरपालिकामा हैजाको सक्रमणको आशंकाका बिषयमा समाचार सार्वजनीक भएपछि मधेश सरकारको स्वास्थ्य मंत्रालयले चासो देखाएको छ ।

शनिवार मधेश सरकारको स्वास्थ्य मंत्रालयका सचिव संजयकुमार ठाकुर बिशेषज्ञ चिकित्सकको टोली सहित राजपुरमा स्थलगत अनुमगनकालागि पुगेका छन ।


हैजाको जस्तो लक्षण देखिएको महामारीलाई निन्यन्त्रणमा लिन प्रदेश सरकारले चिकित्सकहरुको टोली सहित औषधी पठाउने ब्यवस्था मिलाउने ठाकुरले बताए ।


विरामीहरुको भोली देखि परिक्षण गरिने उनले प्रतिबद्धता जनाएको राजपुर नगरपालिकाक निमित्त प्रमुख प्रशासकीय अधिकृत खुर्शेद आलमले बताए ।

राजपुर नगरपालिकाको वडा नम्वर ३ र ४ मा हैजाको लक्ष्ण देखिएका विरामीको संख्या ५१ पुगेको छ ।


असोज ३ गते देखि देखापरेको झाडापाखाला प्रकोपको रुपमा देखा परेको हो ।

 

प्राथमिक स्वास्थ्य केन्द्र राजपुरमा उपचार गराउन आउनेको संख्या ५१ पुगेको राजपुर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख खुर्शिद आलमले जानकारी दिए ।

 उपचार गराउन आउने मध्ये ७ जनाको आरडिटी प्रविधिबाट परिक्षण गर्दा ६ जनामा हैजाको किटाणु फेला परेपछि कल्चर परिक्षणको लागि जनकपुर पठाइएको उनले बताए ।

 

५१ जना बिरामी मध्य २० जना उपचार पछि घर फर्किएका छन । ३१ जनाको उपचार जारी रहेको स्वास्थ्य शाखा प्रमुख आलमले बताए।


विरामी परेकाहरु सबै चापाकल र खानेपानी सपलाई ट्याँकीको पानी खाँदै आएका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

चिया चौतारो छाडेर,श्रमदानमाबाटै हुलाकी सडक सफा गर्दै सुवर्णपुरका स्थानीय

ठोरी । ठोरी गाउँपालिका–५ सुवर्णपुरस्थित ओरिया खोला पुल नजिकको बागमोर्चा क्षेत्रका स्थानीयवासीले शनिबार बिदाको समय सदुपयोग गर्दै हुलाकी सडक सरसफाइ गरेका छन।

विपद् राहत कोषमा मदिना जामे मस्जिदद्वारा १ लाख १ हजार रुपैयाँ सहयोग

वीरगञ्ज ।वीरगञ्ज महानगरपालिका–६ स्थित मदिना जामे मस्जिदले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.