logo

नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष नेपाल महासचिव श्रेष्ठ सहित पाँच  जना निलम्बन

 इसीमाना सम्वाददाता     २०८१ चैत २१ गते ०९: ११ मा प्रकाशित     325   पटक पढिएको

काठमाडौं । रेडक्रसको अन्तर्राष्ट्रिय संस्था आइएफआरसीले नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सुदर्शनप्रसाद नेपालसहित पाँच जनालाई निलम्बन गरेको छ।

अध्यक्ष नेपाल र उपाध्यक्ष विशाल भण्डारीलाई पत्र लेखेर आइएफआरसीले निलम्बन गरेको जानकारी गराएको हो। अध्यक्ष नेपाल सहित विनोद कुमार बस्नेत, मनोजकुमार थापा, भुपतिलाल श्रेष्ठ, नारायण तिमिल्सिनालाई निलम्बन गरेको हो।


आइएफआरसीले  उनीहरुमाथि रेडक्रसको आधारभूत सिद्धान्तको प्रतिकूल आचरण गरेको आरोप लगाउदै निलम्बन गरेको हो ।

आइएफआरसीले उनीहरुमाथि रेडक्रसको आधारभूत सिद्धान्तको प्रतिकूल आचरण गरेको आरोप लगाउदै निलम्बन गरेको हो ।

रेडक्रसले उनीहरूलाई टाइप १, टाइप २ र टाइप ७ को कसुरले कारबाही गरेको छ । टाइप १ भनेको  रेडक्रसको आधारभूत सिद्धान्तको अवहेलना हो, टाइप २ भनेको रेडक्रसमा हुने राजनीतिक हस्तक्षेप हो भने टाइप ७ भनेको रेडक्रसको विधान ८ अनुसारको दायित्व नगरेको कसुर हो ।

अध्यक्ष सुदर्शनप्रसाद नेपाल विनोद कुमार बस्नेत, मनोजकुमार थापालाई नेपाली कांग्रेससंग र नारायण तिमिल्सीनाको माओवादीसंगको आवद्धता रहेको उल्लेख गरेको छ भने महासचिव भूपती श्रेष्ठ एकिकृत समाजवादीको राजनीतिमा क्रियाशिल रहेको भन्दै निलमबन गरेको हो । 

उनीहरू माथी संस्थाको आधारभूत मान्यतालाई कुल्चेको, सामान्य सिद्धांत हरु परिपालना नगरेको , प्रशनशनिक अराजकता निम्त्याएको, राजनीतिक आडमा आर्थिक लाभ लिएको सहित कारण देखाउँदै उनीहरुलाई निलम्बन गरिएको हो ।
नेपाल रेडक्रस सोसाइटीमा दुई समानान्तर केन्द्रीय कार्य समिति अस्तित्वमा छन । 


नेपाल रेडक्रसमा प्रा। सुदर्शन नेपाल र डा। विशाल भण्डारी नेतृत्वका छुट्टाछुट्टै कार्यसमिति क्रियाशील छन् । यी दुवैलाई सरकार र आइएफआरसीले मान्यता दिएका छैनन् । यो अवस्थामा रेडक्रसको न विधान संशोधन हुन सकेको छ, न आवधिक निर्वाचन नै हुन सकेको छ । 

तीन महिना अघि नै न्टरनेसनल फेडेरेसन अफ रेडक्रस (आइएफआरसी) ले निलम्बनको चेतावनी दिएको थियो । आइएफआरसीले नेपाल रेडक्रस सोसाइटीलाई वार्षिक एक अर्वको सहयोग गर्दै आइरहेको छ ।

 

विशेष गरी प्राकृतिक प्रकोप, सामाजिक विकास र स्वास्थ्यका क्षेत्रमा  आइएफआरसीको गुणात्मक सहयोग रहँदै आएको छ । निलम्बनमा परे उल्लेखित सहयोग रोकिन सक्छ । यस अघि आइएफआरसीले पेरु,केन्या, बेलारुस र ग्रिसमा पनि रेडक्रसलाई निलम्बन गरेको छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

हतारको पत्रकारिताले  विश्वसनीयतामाथि प्रश्न उठाएको छः अध्यक्ष शर्मा

वीरगन्ज ।नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले पत्रकारहरूलाई हतारको पत्रकारिताभन्दा सत्य र तथ्यमा आधारित पत्रकारिता गर्न अपिल गरेकी छिन ।

रुबी साह हत्या प्रकरणका मुख्य आरोपी  पासवानको उपचारका क्रममा मृत्यु

वीरगन्ज । रौतहटको रुबी साह हत्या प्रकरणका मुख्य आरोपी लक्ष्मण पासवानको उपचारका क्रममा मृत्यु भएको छ। बुधबार उनले अगो लगाएर आत्महत्याको प्रयास गरेका थिए।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.