बीरगंज । भारतमा यसलाई मोरिगां भनिन्छ । हाम्रो स्थानीय बजारमा यसलाई सजवन वा सजिवन पनि भनिन्छ । कतिपयले शितलचीनी पनि भन्छन ।
यो सजवन पहिलो पटक केरलामा विकसित भयो। त्यहाँबाट यो एक आयुर्वेदिक जडीबुटी र खानाको रूपमा भारत भरि फैलियो । जव भारतमा अग्रेंजको प्रवेश भयो ।
अग्रंजले शासन गर्न थाले त्यसपछि यसलाई संसार भर उत्पादन गर्न थालियो । यद्यपि सजवनको ( मोरिङ्गाको) सबैभन्दा ठूलो उत्पादक अहिले पनि भारत नै हो । उष्णकटिबंधीय छ यसलाई बाँच्नकालागि कम पानी चाहिन्छ तर यसले उज्यालो सूर्यको किरण मन पर्छ।
७ हजार वर्ष पुरानो लिखित आयुर्वेदिक ग्रन्थ अनुसार यसको फल, पात, फूलको बोक्रा, रस र जरा सहित सम्पूर्ण रुख उपयोगी हुन्छ । यदि पोपेय द सेलरले मुरिंगाको पातको बारेमा सुनेको भए, उसले कहिल्यै पालक खाने थिएनन। किनभने सजवनको पातले धेरै गुणा बढी राम्रो गर्छ । यो रुखको सानो हाँगा भाँचेर रोप्दा पनि हुन्छ ।
चनाको तुलनामा सजनको पातमा पालकभन्दा बढी आइरन, दूधभन्दा ३ गुणा बढी क्याल्सियम, केराभन्दा २ गुणा बढी पोटासियम, सुन्तलाभन्दा ६ गुणा, गाजरभन्दा ४ गुणा बढी भिटामिन ए पाइन्छ ।
सजन ताजा उत्तम हुन्छ। सुकाएर धुलो गर्दा यसले आफ्नो गुणको केही प्रतिशत गुमाउँछ। डब्ल्यूएचओले पनि आफनो दैनिक आहारमा सजन खानुकालागि सिफारिश गरेको छ ।
तपाईको प्रतिक्रिया