logo

दुनियाको सबैभन्दा स्वास्थ्यवर्द्धक तरकारी कुन हो ?

 इसीमाना सम्वाददाता     २०८१ बैशाख १० गते १४: ५३ मा प्रकाशित     914   पटक पढिएको

बीरगंज । भारतमा यसलाई मोरिगां भनिन्छ । हाम्रो स्थानीय बजारमा यसलाई सजवन वा सजिवन पनि भनिन्छ । कतिपयले शितलचीनी पनि भन्छन ।

 

यो सजवन पहिलो पटक केरलामा विकसित भयो। त्यहाँबाट यो एक आयुर्वेदिक जडीबुटी र खानाको रूपमा भारत भरि फैलियो । जव भारतमा अग्रेंजको प्रवेश भयो ।

 

अग्रंजले शासन गर्न थाले त्यसपछि यसलाई संसार भर उत्पादन गर्न थालियो । यद्यपि सजवनको ( मोरिङ्गाको) सबैभन्दा ठूलो उत्पादक अहिले पनि भारत नै हो । उष्णकटिबंधीय छ यसलाई बाँच्नकालागि कम पानी चाहिन्छ तर यसले उज्यालो सूर्यको किरण मन पर्छ।

 

७ हजार वर्ष पुरानो लिखित आयुर्वेदिक ग्रन्थ अनुसार यसको फल, पात, फूलको बोक्रा, रस र जरा सहित सम्पूर्ण रुख उपयोगी हुन्छ । यदि पोपेय द सेलरले मुरिंगाको पातको बारेमा सुनेको भए, उसले कहिल्यै पालक खाने थिएनन। किनभने सजवनको पातले धेरै गुणा बढी राम्रो गर्छ । यो रुखको सानो हाँगा भाँचेर रोप्दा पनि हुन्छ ।

 

चनाको तुलनामा सजनको पातमा पालकभन्दा बढी आइरन, दूधभन्दा ३ गुणा बढी क्याल्सियम, केराभन्दा २ गुणा बढी पोटासियम, सुन्तलाभन्दा ६ गुणा, गाजरभन्दा ४ गुणा बढी भिटामिन ए पाइन्छ ।

सजन ताजा उत्तम हुन्छ। सुकाएर धुलो गर्दा यसले आफ्नो गुणको केही प्रतिशत गुमाउँछ। डब्ल्यूएचओले पनि आफनो दैनिक आहारमा सजन खानुकालागि सिफारिश गरेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

चिया चौतारो छाडेर,श्रमदानमाबाटै हुलाकी सडक सफा गर्दै सुवर्णपुरका स्थानीय

ठोरी । ठोरी गाउँपालिका–५ सुवर्णपुरस्थित ओरिया खोला पुल नजिकको बागमोर्चा क्षेत्रका स्थानीयवासीले शनिबार बिदाको समय सदुपयोग गर्दै हुलाकी सडक सरसफाइ गरेका छन।

विपद् राहत कोषमा मदिना जामे मस्जिदद्वारा १ लाख १ हजार रुपैयाँ सहयोग

वीरगञ्ज ।वीरगञ्ज महानगरपालिका–६ स्थित मदिना जामे मस्जिदले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.