logo

कोभिशिल्ड  खोप बेचेको प्रकरणमा छानवीन गर्न स्थानीय प्रशासनले बनायो समिति

      6/4/2021 गते 00 00 मा प्रकाशित     956   पटक पढिएको

जनस्वास्थ्य कार्यालय र नारायणी अस्पतालका चिकित्सकले  कोभिसिल्ड खोप बेचेको चर्चा चलेपछि स्थानीय प्रशासनले चासो देखाएको छ ।

 

घटनाको बिषयमा छानवीन गर्न स्थानीय प्रशासनले  जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत अर्जुन पौडेलको संयोजकत्वमा ४ सदस्यीय छानवीन समिति गठन गरेको छ । जिल्ला स्वास्थ्य कार्यालय, नारायणी अस्पताल र जिल्ला प्रहरी कार्यालयका अधिकृत समितिको  सदस्य रहेका छन् ।

 

जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका खोप प्रमुख अनिल सिंह र नारायणी अस्पतालका चिकित्सक डा.नुर देवानले बीरगंजका सभ्रान्त त्यसमा पनि समुदाय बिशेषको घरमा गएर पैसा लिएर खोप लगाएको घटना सार्वजनीक भएपछि स्थानीय प्रशासनले छानवीन गर्ने निर्णय लिएको हो । 


जिल्ला खोप समन्वय समिति पर्साका संयोजक एवं प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले खोप वितरणमा अनियमितता भएको चर्चा चलेपछि वास्तविकता पत्ता लगाउन छानवीन समिति गठन गरेको बताउनु भयो  । ‘

 

खोपको अनियमितता भएको चर्चा चलेकोले वास्तविकता बुझ्न समिति गठन गरेका छौं ।’ उहाँले भन्नुभयो  ‘ सदस्य पठाउन सम्बन्धित कार्यालयहरुलाई पत्राचार भईसकेको छ, समितिले आवश्यक अध्ययन, अनुसन्धान गर्छ ।’

सवास्थ्य कार्यालय पर्साका खोप अधिकृत अनिल सिंहले भने खोपमा अनियमितता भएको हल्लामा सत्यता नभएको दावी गनुृ भयो  । उहाँले जिल्ला खोप समन्वय समितिको निर्देशन अनुसार नै खोप कार्यक्रम सञ्चालन गरिएको दावी गर्नुृ भयो  ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




खेलकुद

कर्णालीमा हुने दसौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक

काठमाडौँ । कर्णाली प्रदेशमा हुने दसौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट मंगलवार सार्वजनिक गरिएको छ ।

वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगीताको फाईनलमा  मच्छिन्द्र र नेपाल पुलिस भिड्ने

वीरगञ्ज । मच्छिन्द्र क्लब, वीरगञ्जमा जारी दोश्रो वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगीताको फाईनलमा प्रवेश गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.