भारत,२२ माघ :
भारतको गोवा र पञ्जावमा विधानसभा निर्वाचन सम्पन्न भएको छ । गोवामा ४० सिटका लागि भएको निर्वाचनमा ८३ प्रतिशत मत खसेको छ भने पञ्जाबमा १ सय १७ सिटका लागि भएको निर्वाचनमा ७० प्रतिशत मत खसेको भारतीय संचारमाध्यमले जनाएका छन् । फेब्रुअरी र मार्च महिनामा हुने भनिएका ५ राज्यको निर्वाचन मध्ये ती राज्यमा मतदान भएको हो ।
गोवामा विहान ७ बजेबाट मतदान सुरु भएको हो भने पञ्जाबमा भोटिङ मेसिन बिग्रिएकाले ८ बजे मात्र मतदान सुरु भएको थियो ।
दिल्ली केन्द्रित मानिएका अरविन्द केजरीवालको आम आदमी पार्टीले पहिलो पटक गोवा र पञ्जावको चुनावमा भाग लिएको छ । पञ्जावमा सिरोमणि अकाली दल र भारतीय जनता पार्टीको गठबन्धन तथा कंग्रेस र आम आद्मी पार्टीबीच मुख्य प्रतिस्पर्धा रहेको मानिन्छ ।
गोवामा पनि भाजपा, कंग्रेस, आमआद्मी पार्टी र महाराष्ट्रवादी गोमांतक पार्टी नेतृत्वको गठबन्धन बीच प्रतिस्पर्धा हुने बताइएको छ । उत्तर प्रदेश, मणिपुर र उत्तराखण्डमा पनि निर्वाचनको तयारी भइरहेको छ ।
पाँच राज्यमै निर्वाचन सकिएपछि मार्च ११ मा मतपरिणाम आउने बताइएको छ । एजेन्सी
तपाईको प्रतिक्रिया