दिल्ली १९ चैत ।पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसको सक्रमण अहिले सम्मकै तेज रफ्तारमा छ । संक्रमणका ३ सय ८६ घटना सार्वजनीक भएका छन । भारतमा अहिले संक्रमीतहरुको १हजार ६ सय ३७ पुगेको छ ।
स्वास्थ्य एवं परिवार कल्याण मंत्रालयले आफनो ब्रीफिंगमा भारतमा कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या ३८ पुगेको जानकारी दिएको छ । १ सय ३४ जना उपचार पछि घर फर्किएका छन।
रफ्तार संक्रमण फैलिएको देखिनुको मुख्य कारण दिल्लीको निजामुद्दीन के तबलीगी जमातमा २ हजार मान्छेहको सहभागिता रहनुलाई मानिएको छ ।
प्रशासनले त्यस बारेमा ढिलो थापा पायो र उनीहरुलाई त्यहाबाट निकालेर अस्पताल पठाइयो त्यस मध्य २३ में कोरोना संक्रमीत थिए ।
मरकजबाट पहिला र अहिले निस्केकाहरु मध्य अहिले सम्म १ सय ८० मा कोरोना संक्रमण देखा परेको छ । संक्रमण देखा पर्नेहरुमा तमिलनाडुमा ७७, आंध्र प्रदेशमा ४३, दिल्लीमा २४, तेलंगानामा २१, अंडमान( निकोबारमा ९, असममा ५ र कश्मीरमा १ जना रहेका छन ।
कोरोना भाइरसको प्रकोप भारत बढदै गइरहेको छ संक्रमीतहरुको संख्ष्या लगातार बढीरहेको छ । भारतीय चिकित्सा अनुसंधान परिषदका अनुसार भारतमा अहिले सम्म ४७ हजार ९ सय ५१ मा कोरोनको परिक्षण भएको छ । परिषदका १ सय २६ र नीजी ५१ प्रयोगशालाले यो परिक्षण गरेका हुन ।
तपाईको प्रतिक्रिया