logo

अमेरिकी राष्ट्रपति ट्रम्पको निजी कम्पनीबाट १५ सय कर्मचारी निकालिए

एजेन्सी

      4/5/2020 गते 00 00 मा प्रकाशित     1266   पटक पढिएको

बीरगंज २३ चैत ।
कोरोना भाइरसको महामारीसँगै व्यापार घाटामा जाने देखिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निजी कम्पनी ‘ट्रम्प अर्गनाइजेसन’का १५ सय कर्मचारी हटाइएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पको व्यक्तिगत व्यापारमा घाटा हुने भएपछि ट्रम्प संगठनका अमेरिका र क्यानडास्थित होटेलका ती कर्मचारी हटाइएका हुन् ।संक्रमणबाट जोगिन घरमै बस्नुपर्ने अवस्था आएसँगै विश्वका सबैजसो होटेल, क्लब, रेस्टुरेन्टहरू पनि बन्द भएका छन् ।

न्युयोर्क, कोलम्बिया, मियामी, सिकागो, लासभेगस, होनोलुलुलगायतका ठाउँमा रहेका १७ होटेलका कर्मचारी हटाइएको हो । ती कर्मचारीलाई स्थिति सामान्य भएपछि फेरि राखिने गरी अस्थायी रूपमा हटाइएको हो ।

ट्रम्प संगठनका सबै कम्पनीबाट दैनिक ट्रम्पले ६ लाख ५० हजार अमेरिकी डलर आम्दानी गर्थ्यो । जुन करिब आठ करोड नेपाली रुपैयाँ हुन्छ । यो तथ्यांक ट्रम्पका विगतका वित्तीय कारोबारको खुलासाअनुसार हो ।

 

ट्रम्प संगठनले पनि आर्थिक हिनामिना गरिरहेको वेलावेला खुलासा हुँदै आएको छ ।फ्लोरिडा राज्यको पाल्म बीच क्षेत्रमा रहेको ट्रम्पको एक क्लबले ५४ हजार अमेरिकी डलरभन्दा बढी भाडा त्यहाँको स्थानीय सरकारलाई नतिरेको त्यहाँका एक अधिकारीले न्युयोर्क टाइम्सलाई बताएका छन् ,ट्रम्प संगठनले भने कोरोना भाइरसको महामारीको अवस्थामा रहेकाले भाडा तिर्न बाँकी रहेको जनाएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

चिया चौतारो छाडेर,श्रमदानमाबाटै हुलाकी सडक सफा गर्दै सुवर्णपुरका स्थानीय

ठोरी । ठोरी गाउँपालिका–५ सुवर्णपुरस्थित ओरिया खोला पुल नजिकको बागमोर्चा क्षेत्रका स्थानीयवासीले शनिबार बिदाको समय सदुपयोग गर्दै हुलाकी सडक सरसफाइ गरेका छन।

विपद् राहत कोषमा मदिना जामे मस्जिदद्वारा १ लाख १ हजार रुपैयाँ सहयोग

वीरगञ्ज ।वीरगञ्ज महानगरपालिका–६ स्थित मदिना जामे मस्जिदले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.