पटना २७ चैत ।
बिहिवार भारतमा कोरोना भाइरस संक्रमणका ५ सय ५१ नयाँ घटनाको पुष्टि भएको छ । महारष्ट्र १ हजार २ सय ९७ तामिलनाडुमा ८ सय ३४ नयाँ संक्रमीतहरु देखा परेपछि यसले भारतमा त्रास उत्पन्न भएको छ ।
आजमात्रै महारष्ट्रमा ९ जनाको ज्यान गएको छ । भारत भरिमा आज १६ जनाको ज्यान गएको छ । महाराष्ट्र कोरोना भाइरसको संक्रमणको हॉटस्पॉट बनेको छ ।
भारत भरिमा ६ हजार ४ सय ६७ जना संक्रमीतको संख्या पुगेको कोभिडनाइन्टिनइन्डिया डट ओआरजीले उल्लेख गरेको छ । ५ सय ९४ जना उपचार पछि घर फर्किएका छन । इन्दौरमा आज एक चिकित्सकको ज्यान गएको छ ।
तपाईको प्रतिक्रिया