logo

दश दिनमा २३ आचारसंहिता उल्लङ्घन

      5/9/2017 गते 00 00 मा प्रकाशित     1218   पटक पढिएको

काठमाडौँ, २६ वैशाख । प्रेस काउन्सिल नेपालले छापा र अनलाइन सञ्चारमाध्यममा २३ वटा निर्वाचन आचारसंहिता विपरीतका समाचार प्रकाशित भएको जनाएको छ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमनका लागि काउन्सिललाई अनुगमनको जिम्मेवारी दिएअनुसार यही वैशाख १५ देखि २५ गतेसम्म अनुगमन प्रतिवेदन आज सार्वजनिक गरेको छ ।


काउन्सिलका अनुसार केही साप्ताहिक पत्रिका र केही अनलाइन समाचार प्रोटलले आचारसंहिता उल्लङ्घन गर्दै आफू निकटका दलको पक्षमा प्रचारप्रसार गरेका छन् । ‘स्थानीय निर्वाचनमा भोट माग्न आए कान काट्ने’ भन्ने जस्ता नकारात्मक प्रवृत्तिको समाचारदेखि काठमाडौँ महानगरका मतदातालाई कसलाई भोट दिनहुन्छ भन्ने मतदाताको उत्तरसम्मका विषयमा एकपक्षीयरुपमा समाचार सम्प्रेषण गरिएको काउन्सिलले जनाएको छ ।


यस्तै मत परिणामको विषयमा समेत कही अनलाइनमा समाचार सार्वजनिक भएको भन्दै काउन्सिलले दल विशेषको पक्षमा प्रचार गर्दा अरू राजनीतिक दललाई गाली गर्ने र होच्याउने गरिएको समेत पाइएको उल्लेख छ ।


यस्तै सामाजिक सञ्जालमा पनि निर्वाचन आचारसंहिताविपरीतका सामग्री प्रचारप्रसार गरिएको काउन्सिलले जनाएको छ । यस्तै दमौली एफएम र एभिन्यूज टेलिभिजनले पनि निर्वाचन आचारसंहिता विपरीतको सामग्री प्रसारण गरेको अनुगमनका क्रममा देखिएको छ ।


काउन्सिलले २५ सञ्चारमाध्यममा ३१ सामग्री र सामाजिक सञ्जालमा दुईवटा निर्वाचन आचारसंहिता उल्लङ्घन भएको भन्दै आवश्यक सचेतता अपनाउन भनेको छ । काउन्सिलका कायमुकायम अध्यक्ष किशोर श्रेष्ठले निर्वाचनको संवेदनशीलतालाई ख्याल गरेर प्रेस स्वतन्त्रताको उपयोग गर्न आग्रह गर्नुभयो ।


नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले संविधान कार्यान्वयन गर्ने र स्थानीय निकाय गठन गर्ने महत्वपूर्ण अवसरका रुपमा रहेको यस घडीमा निर्वाचन आचारसंहितालाई पालना गर्नु पत्रकार र सञ्चारमाध्यमको प्रमुख कर्तव्य रहेको धारणा राख्नुभयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

ट्रयाक्टरको तेल टंयाकीमा ब्राउन सुगर,दुई भारतीय पक्राउ

बारा ।भारतको पूर्वी चम्पारणस्थित शिवनगर इनर्वा पंचायत वडा नम्बर( २ का ३० वर्षीय टुटु कुमार र ३२ वर्षीय टुटु अंसारीलाई बारा प्रहरीले पक्राउ गरेको छ।

पर्सागढीका तीन जना लागु औषध गाँजा सहित पक्राउ

वीरगंज । पर्साको पर्सागढी नगरपालिका वडा नं.३ झबराहाका २९ वर्षिय पंचलाल माझी,२१ वर्षिय मुकेश माझी र ४४ वर्षिय सुनिल बम्जनलाई प्रहरीले पक्राउ गरेको छ ।

खेलकुद

कर्णालीमा हुने दसौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक

काठमाडौँ । कर्णाली प्रदेशमा हुने दसौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट मंगलवार सार्वजनिक गरिएको छ ।

वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगीताको फाईनलमा  मच्छिन्द्र र नेपाल पुलिस भिड्ने

वीरगञ्ज । मच्छिन्द्र क्लब, वीरगञ्जमा जारी दोश्रो वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगीताको फाईनलमा प्रवेश गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.