logo

अख्तियारमा तीन मुद्धामा अनुसन्धानमा परेकी डा.मिश्र न मन्त्री भइन न त जागीर नै रह्यो

 इसीमाना सम्वाददाता     २०८२ असोज ६ गते ०५: ४० मा प्रकाशित     632   पटक पढिएको

काठमाडौं । आर्थिक अनियमिततामा जोडिएकी डा. संगीता कौशल मिश्र स्वास्थ्य तथा जनसंख्या मन्त्री हुनबाट रोकिएकी छन।

आइतबार मन्त्री नियुक्तिका लागि मिश्र सहित पाँच जनाको नाम सिफारिस भएको थियो। तत्कालीन स्वास्थ्यमन्त्री मोहन बस्नेतको पालामा विभागले अनियमित रूपमा गरेको खरिद निर्णयमा प्रत्यक्ष जोडिएकी मिश्रलाई स्वास्थ्यमन्त्री बनाउन  सरकारले आइतबार उनलाई सिफारिस गरेको थियो।


स्रोतका अनुसार स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिवका रुपमा रहेकी डा. मिश्रले मन्त्री बन्ने पक्का भएपछि आइतबार नै राजीनामा दिएकी थिइन। उनको राजीनामा समेत स्वीकृत भइसकेको स्रोतको दाबी छ। 


उनीसहित पाँच जनालाई मन्त्रीमा नियुक्त गर्न आइतबार साँझ नै राष्ट्रपति कार्यालयमा नाम पठाइएको थियो। तर डा. संगीता मिश्राको नाम परेको थाहा पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग सक्रिय बन्यो।

 

 डा. मिश्राविरुद्ध भ्रष्टाचार मुद्दाको अनुसन्धान टुंगिएर विशेष अदालतमा मुद्दा दायर गर्ने तयारी भइरहेको सूचना अख्तियारले राति ९ बजेपछि दिएको थियो।

 

अख्तियारको सूचना पछि सबै मन्त्रीको नियुक्ति होल्डमा राखिएको थियो ।  स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव रहेकी मिश्र स्वास्थ्य सेवा विभागको प्रमुख रहँदा निश्चित स्वास्थ्य उपकरण आपूर्तिकर्ताको स्वार्थमा काम गरेको आरोपमा मुछिएकी थिइन।

 

 अख्तियारले मिश्र स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा स्वास्थ्य उपकरण खरिदमा अनियमितता गरेका कम्तीमा तीनवटा उजुरीमा अनुसन्धान गरिरहेको छ। तिनैमध्येको करिब १५ करोड रुपैयाँ भ्रष्टाचारको एउटा मुद्दा प्रक्रियामा जान लागेको हो।


स्वास्थ्य सेवा विभागअन्तर्गतको व्यवस्थापन महाशाखाको निर्देशकमा डा. श्रवणकुमार थापा थिए भने खरिद शाखा प्रमुखमा डा. सुरेन्द्र चौरासिया थिए।

 

बायोमेडिकल इन्जिनियरका रूपमा आशिष चौहान थिए। यही समूहले मिलेर विभागको खरिद स्पेसिफिकेसन ‘लक्ड’ गरेर निश्चित व्यापारीको स्वार्थमा काम गरेको थियो।

पछि मिश्र, थापा र चौरासियाको सरुवा भयो, तर चौहान विभागमै रहे। उनी प्रदीप पौडेलको पालामा भएको मिलेमतोको खरिदमा पनि सहयोगी थिए। खरिद अनियमिततामा चौरासिया र आशिष समेत बदनाम पात्र मानिन्छन।

 

फागुन २२ गतेको मन्त्रिपरिषद् बैठकले डा. विकास देवकोटालाई सचिव नियुक्त गरेपछि उनी असन्तुष्ट थिइन। त्यसयता उनी लगातार बिदामा थिइन।

बिदामै रहेकी उनी हालैमात्र मन्त्रालयमा हाजिर भएकी थिइन। मन्त्रिपरिषद्को निर्णयविरुद्ध सर्वोच्चमा रिट दिएकी उनले तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप पौडेलको त सार्वजनिक रूपमै राजीनामा मागेकी थिइन। मन्त्री बनाइने जानकारी गराइएपछि आइतबारै उनले स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिव पदबाट राजीनामा गरेकी थिइन।तर आज न उनी मन्त्री भइन न त जागीर नै रह्यो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

सम्झौता कार्यान्वयनमा ढिलाइप्रति आक्रोश, देवानगञ्जका मृतकलाई शहीद घोषणा गर्न माग

काठमाडौं । सुनसरीको देवानगञ्ज घटनाका मृतकलाई तत्काल शहीद घोषणा गर्न तथा पीडित परिवारसँग सरकारले गरेको लिखित सम्झौता अविलम्ब कार्यान्वयन गर्न विभिन्न राजनीतिक दलका नेता तथा स्थानीय जनप्रतिनिधिहरूले माग गरेका छन्।

वन व्यवस्थापन तथा काठ उपभोगसम्बन्धी झन्झटिला नियमलाई सरल बनाउन पहल आवश्यक छः  वनमन्त्री चौधरी

बीरगंज ।मधेश प्रदेश सरकारका वन तथा वातावरणमन्त्री शंकरप्रसाद चौधरीले एउटा रुख काट्दा कम्तीमा दशवटा रुख रोप्ने नीति अवलम्बन गर्न साझेदारी वन उपभोक्ता समूहलाई सुझाव दिएका छन।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.