logo

अख्तियारमा तीन मुद्धामा अनुसन्धानमा परेकी डा.मिश्र न मन्त्री भइन न त जागीर नै रह्यो

 इसीमाना सम्वाददाता     २०८२ असोज ६ गते ०५: ४० मा प्रकाशित     445   पटक पढिएको

काठमाडौं । आर्थिक अनियमिततामा जोडिएकी डा. संगीता कौशल मिश्र स्वास्थ्य तथा जनसंख्या मन्त्री हुनबाट रोकिएकी छन।

आइतबार मन्त्री नियुक्तिका लागि मिश्र सहित पाँच जनाको नाम सिफारिस भएको थियो। तत्कालीन स्वास्थ्यमन्त्री मोहन बस्नेतको पालामा विभागले अनियमित रूपमा गरेको खरिद निर्णयमा प्रत्यक्ष जोडिएकी मिश्रलाई स्वास्थ्यमन्त्री बनाउन  सरकारले आइतबार उनलाई सिफारिस गरेको थियो।


स्रोतका अनुसार स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिवका रुपमा रहेकी डा. मिश्रले मन्त्री बन्ने पक्का भएपछि आइतबार नै राजीनामा दिएकी थिइन। उनको राजीनामा समेत स्वीकृत भइसकेको स्रोतको दाबी छ। 


उनीसहित पाँच जनालाई मन्त्रीमा नियुक्त गर्न आइतबार साँझ नै राष्ट्रपति कार्यालयमा नाम पठाइएको थियो। तर डा. संगीता मिश्राको नाम परेको थाहा पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग सक्रिय बन्यो।

 

 डा. मिश्राविरुद्ध भ्रष्टाचार मुद्दाको अनुसन्धान टुंगिएर विशेष अदालतमा मुद्दा दायर गर्ने तयारी भइरहेको सूचना अख्तियारले राति ९ बजेपछि दिएको थियो।

 

अख्तियारको सूचना पछि सबै मन्त्रीको नियुक्ति होल्डमा राखिएको थियो ।  स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव रहेकी मिश्र स्वास्थ्य सेवा विभागको प्रमुख रहँदा निश्चित स्वास्थ्य उपकरण आपूर्तिकर्ताको स्वार्थमा काम गरेको आरोपमा मुछिएकी थिइन।

 

 अख्तियारले मिश्र स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा स्वास्थ्य उपकरण खरिदमा अनियमितता गरेका कम्तीमा तीनवटा उजुरीमा अनुसन्धान गरिरहेको छ। तिनैमध्येको करिब १५ करोड रुपैयाँ भ्रष्टाचारको एउटा मुद्दा प्रक्रियामा जान लागेको हो।


स्वास्थ्य सेवा विभागअन्तर्गतको व्यवस्थापन महाशाखाको निर्देशकमा डा. श्रवणकुमार थापा थिए भने खरिद शाखा प्रमुखमा डा. सुरेन्द्र चौरासिया थिए।

 

बायोमेडिकल इन्जिनियरका रूपमा आशिष चौहान थिए। यही समूहले मिलेर विभागको खरिद स्पेसिफिकेसन ‘लक्ड’ गरेर निश्चित व्यापारीको स्वार्थमा काम गरेको थियो।

पछि मिश्र, थापा र चौरासियाको सरुवा भयो, तर चौहान विभागमै रहे। उनी प्रदीप पौडेलको पालामा भएको मिलेमतोको खरिदमा पनि सहयोगी थिए। खरिद अनियमिततामा चौरासिया र आशिष समेत बदनाम पात्र मानिन्छन।

 

फागुन २२ गतेको मन्त्रिपरिषद् बैठकले डा. विकास देवकोटालाई सचिव नियुक्त गरेपछि उनी असन्तुष्ट थिइन। त्यसयता उनी लगातार बिदामा थिइन।

बिदामै रहेकी उनी हालैमात्र मन्त्रालयमा हाजिर भएकी थिइन। मन्त्रिपरिषद्को निर्णयविरुद्ध सर्वोच्चमा रिट दिएकी उनले तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप पौडेलको त सार्वजनिक रूपमै राजीनामा मागेकी थिइन। मन्त्री बनाइने जानकारी गराइएपछि आइतबारै उनले स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिव पदबाट राजीनामा गरेकी थिइन।तर आज न उनी मन्त्री भइन न त जागीर नै रह्यो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

वीरगंजमा पचास प्रतिशत अनुदानमा गहुँको बिउ वितरण सुरु, भोलि पनि जारी रहने

वीरगंज । वीरगंज महानगरपालिकाको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखाले ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण सुरु गरेको छ। शाखाका अनुसार हिजोदेखि प्रारम्भ गरिएको वितरण कार्यक्रम भोलि पनि निरन्तर रहनेछ।

धनुषामा गरिब परिवारलाई उठीबास गराएको आरोप, हेडमास्टर यादव विवादमा

जनकपुरधाम । धनुषाको गणेशमानचारनाथ नगरपालिका–११ डुमरियामा एक गरिब परिवारलाई जबरजस्ती उठीबास गराएको आरोप सार्वजनिक भएको छ। उक्त आरोप स्थानीय हेडमास्टर शम्भु यादवमाथि लागेको हो।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.