logo

पार्टीलाई आगामी निर्वाचनमा स्पष्ट बहुमतमा पु¥याउने अध्यक्ष ओलीको एकमात्र ध्येय 

 इसीमाना सम्वाददाता     २०७८ असोज १७ गते ०८: ४४ मा प्रकाशित     554   पटक पढिएको

नेकपा एमालेको प्रथम बिधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा  सम्पन्न भएको छ ।

महाधिवेशनले पार्टीको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधनको प्रस्ताव सुझावसहित पारित गरेको छ ।  


पार्टी अध्यक्ष  केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदनमा उठेका जिज्ञासाको जवाफ दिँदै जनताको बहुदलीय जनवाद कठिन वर्गसंघर्षबाट प्रतिपादित सिद्धान्त रहेको उल्लेख गर्दै  समाजवाद निर्माणका लागि पार्टीको स्पष्ट रहेको बताए ।


श्रमजीवी वर्गको हित रक्षाका लागि सिद्धान्त र व्यवहारलार्ई अघि बढाउँदै कार्यक्रमका रुपमा आएको जनताको बहुदलीय जनवादलाई अहिले मार्गदर्शक सिद्धान्तका रुपमा पार्टीले अंगिकार गरेको र त्यसले द्धन्दात्मक भौतिकवाद र बहुदलीय प्रतिस्पर्धालाई अवलम्वन गरेको अध्यक्ष ओलीले बताए  । यो जडसूत्र होइन, यसले जीबनको गतिसँगै परिवर्तनलाई आत्मसात गरेको पनि उनले प्रष्ट पारे । 


नेपाली समाज, समाजवाद उन्मुख  रहेको प्रसंग उल्लेख गर्दै उनले नागरिकले सम्मानजनक जीवनयापन गर्न पाउने अधिकारसहितको अवस्था सिर्जना गर्नु नै समाजवादउन्मुख अवस्था हो भने।


त्यसतर्फ आफ्नो नेतृत्वको सरकारले धेरै काम गरेको उल्लेख गर्दै अध्यक्ष ओलीले नागरिकका  आधारभूत अधिकारका रुपमा रहेको गास, बास, आवास, शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका क्षेत्रमा उल्लेखनीय काम भएको स्मरण गरे ।


समाजवादमा पुग्न राष्ट्रिय पुँजीको विकास गर्न एमाले प्रतिबद्ध रहेको वताउँदै अध्यक्ष ओलीले सम्पूर्ण कार्यकर्तालाई उत्पादनमुलक कार्यमा जोडिन आह्वान गरे ।


अध्यक्ष ओलीले आफनो पार्टी व्यक्तिपूजक नभएको प्रष्ट पार्दै पार्टीले  सामुहिकतामा विश्वास गर्ने  र त्यही अनुरुप पार्टी सञ्चालन गर्ने वताउँदै सांगठनिक अराजकतालाई अन्त्य गर्ने समेत स्पष्ट पारे । उनले  आफ्नो कुनै व्यक्तिगत स्वार्थ नरहेको र पार्टीलाई आगामी निर्वाचनमा स्पष्ट बहुमतमा पु¥याउने एकमात्र ध्येय रहेको बताउँदै अहिले पनि ५१ प्रतिशत जनता एमालेको पक्षमा रहेको बताए ।


पार्टीमा योग्यता, क्षमता र योगदानका आधारमा जिम्मेवारी दिने विषयमा कुनै भेदभाव नहुने बताउँदै पार्टी अध्यक्ष ओलीले भ्रममा परेका र बाटो बिराएका नेता—कार्यकर्तालाई मूलघरमा फर्कन आह्वान गरे ।

सांगठानिक प्रस्तावमाथि उठेका जिज्ञासा र सुझाव सम्बन्धमा जवाफ दिँदै पार्टीका महासचिव ईश्वर पोखरेलले  विगतमा पार्टी प्रणाली कमजोर बनेको स्मरण गर्दै  नेकपा एमाले शक्ति निर्माण गर्ने  यात्रामा रहेकाले त्यसका लागि श्रृंखलाबद्ध पार्टी कमिटी निर्माणमा लाग्ने बताए ।


महासचिव पोखरेलले पार्टीमा पुस्ताहरुको उपस्थितिका बारेमा उठेका जिज्ञासा सम्बोधन गर्दै यसलाई योजनाबद्ध रुपमा लागू गर्नुपर्ने आवश्यकता रहेको र त्यसका लागि मापदण्ड भने पूरा गरेको हुनुपर्ने धारणा ब्यक्त गरे । पार्टीमा युवाको सहभागिता बढाउनुपर्ने माग सकारात्मक रहेको बताउँदै हिजो आन्दोलनबाट नेतृत्व विकास हुने गरेको र अब नेतृत्वमा आउन प्रभावकारी नीति, कार्यक्रम ल्याउन सक्ने, कम्युनिष्ट पार्टीको कार्यकर्तामा हुनपर्ने आचरण भएको व्यक्ति  प्राथमिकतामा पर्ने अवस्था रहेको पनि बताए ।


महासचिव पोखरेलले विगतमा पूर्णकालीन कार्यकर्ताको बढी आवश्यकता हुन्थ्यो, अब पनि पूर्णकालीन कार्यकर्ताको आवश्यकता रहे पनि एमालेका सबै नेता कार्यकर्ता उत्पादनसँग जोडिनुपर्ने वताए  । 


पार्टी संगठन विभाग प्रमुख एवम् उपमहासचिव कमरेड बिष्णुप्रसाद पौडेलले विधान संशोधनको प्रस्तावमाथि उठेका जिज्ञासाको जवाफ दिँदै प्रतिनिधिहरुको सुझावलाई ध्यानमा राखी केन्द्रीय पदाधिकारीमा अध्यक्ष, बरिष्ठ उपाध्यक्षसहित पाँच उपाध्यक्ष, महासचिव, एकजना उपमहासचिव र सातजना सचिव रहने व्यवस्था गरिएको बताए  ।  


विधानतः पार्टीमा ७० बर्षको उमेर हदका सम्बन्धमा स्पष्ट पार्दै उहाँले पार्टीको कार्यकारी पदमा ७० बर्ष पूरा नभएसम्म उम्मेदवार हुन पाउने र कार्यकाल पूरा नहुँदै उमेर हद पूरा भएका कारण जिम्मेवारीबाट हट्न नपर्ने स्पष्ट पारे । उनले एउटै व्यक्ति कुनै एउटा पदमा दुई कार्यकालभन्दा बढी पटक उम्मेदबार हुन नपाइने विधानमा स्पष्ट व्यवस्था हुने जानकारी गराए  ।

  महाधिवेशनले डा. विजय सुब्बाको अध्यक्षतामा १५ सदस्यीय निर्वाचन आयोग सर्वसम्मतिले गठन गरेको छ । जसमा महेश नेपाल, सानुराज पोखरेल, बाबुराम दाहाल, कुन्साङ लामा, रिता सिम्खडा, रञ्जु ठाकुर, भरत पोखरेल, टंक उप्रेती, सुमित्रा बिसी, पवित्रा निरौला, केवालाल चौधरी, विमला विश्वकर्मा र हिमकला गैरे सदस्य रहनुभएको छ ।  


महाधिवेशनमा पार्टी अध्यक्ष ओलीले नेकपा ९एमाले०को नयाँ लोगो र नेकपा ९एमाले० एप्सको समेत शुभारम्भ गर्नुभएको छ । साथै, लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजकुमार लेखीको नेतृत्वमा सयौं व्यक्तिहरुलाई पार्टीमा स्वागत गरिएको छ ।


महाधिवेशन हलमा अध्यक्ष मण्डलका तर्फबाट सदस्य रघुजी पन्तले प्रस्ुतत गरेका समसामयिक प्रस्ताव पनि महाधिवेश्नले पारित गरेको प्रचर बिभाग प्रमुख योगेश भट्टराईद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ ।  

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

संघ–संस्था सम्बन्धी नयाँ मस्यौदा सच्याउन माग , पर्साबाट गृह मन्त्रालयलाई ज्ञापनपत्र

वीरगन्ज । गैरसरकारी संस्था महासंघ नेपाल, जिल्ला शाखा पर्साले हालै गृह मन्त्रालयले सार्वजनिक गरेको “संघ संस्था दर्ता, नियमन तथा व्यवस्थापन सम्बन्धी कानुन, २०८२” को मस्यौदा नागरिक समाजमैत्री नभएको भन्दै सच्याउन माग गरेको छ।

किरण साहको हिरासत अवधि थपियो

वीरगन्ज । खानेपानी मन्त्री प्रदीप यादवसँगको टेलिफोन संवाद सार्वजनिक भएपछि पक्राउ परेकी किरण साहलाई जिल्ला अदालत पर्साले थप तीन दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। यससँगै साहको हिरासत अवधि लम्बिएको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.