वीरगन्ज महानगरपालिकाको वडा न. १ मा जनता साजवादी पार्टीका मनोज कुर्मी बिजयी भएका छन ।
कुर्मी ८ सय ५२ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका हुन । उनका निकटतम प्रतिद्वण्दी नेपाली कांग्रेसका ओमप्रसाद गुप्ताले ७ सय ३३ मत प्राप्त गरेका छन् ।
यसैगरि वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ को वडा अध्यक्षमा नेकपा एमालेका जितेन्द्र यादव विजयी भएका छन् ।यादव १ हजार ३ सय ७ मत प्राप्त गरी बिजयी भएका हुन ।
उनका निकटतम प्रतिद्धन्द्धी जसपाका उम्मेदवारले १ हजार २ सय ७३ मत प्राप्त गरे । यसअघि वडा अध्यक्षमा जितेका नेपाली काँग्रेसका उम्मेदवार चुमनदास चौधरी भने ५ सय ४९ मतका साथ तेश्रो स्थानमा रहे ।
यादवको जितसँगै महानगरमा एमालेले आफ्नो खाता खोलेको छ ।
तपाईको प्रतिक्रिया