logo

२१ वर्षिय युवा गुप्ता बने कालीकामाई गाउँपालिकाको अध्यक्ष,धोविनीमा चौहान निर्वाचित

 इसीमाना सम्वाददता     २०७९ जेठ ४ गते ०२: २६ मा प्रकाशित     629   पटक पढिएको

पर्साको कालिकामाई गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी  का २१ वर्षीय वशिष्ट कुमार गुप्ता निर्वाचित भएका छन् । २१ वर्षकै उमेरमा गाउँपालिका अध्यक्ष बनेर गुप्ता सम्भवतः नेपालकै कान्छो जनप्रतिनिधि बनेका छन् ।


निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका अजय कुमारलाई १ सय १७ मतले पराजित गर्दै गुप्ता विजयी भएका हुन् । गुप्ताले ३ हजार ७ सय ४३ मत पाउँदा उनका निकटम प्रतिद्वन्द्वी अजयले ३ हजार ६ सय २६ मत पाएका छन् । नेकपा एमालेका राजेश कुमार चौरसियाले १ हजार ३ सय १७ मत पाएका छन् ।


अध्यक्षका लागि १० हजार ९ सय ३२ मत खसेको मध्ये ९ हजार ८ सय ६२ मत सदर हुँदा १ हजार ७० मत बदर भएको निर्वाचन अधिकृत प्रकाश कोइरालाले जानकारी दिए ।


गाउँपालिका उपाध्यक्षमा नेपाली कांग्रेसकी राजमति बरैनी ३ हजार ९ सय ८२ मत पाएर निर्वाचित भएकी छिन् । निकटम प्रतिद्वन्द्वी जसपाकी सहानी खातुनले ३ हजार ८ सय ५९ मत पाएकी छिन् । त्यस्तै नेकपा एमालेकी अंशु देवी तिवारीले १ हजार २ सय ३६ मत पाएकी छिन् ।


गाउँपालिकाको ३ वटा वडामा जसपाले जित्दा नेपाली कांग्रेस र नेकपा एमालेले १र१ वटा वडा जितेका छन् । वडा नम्बर १ को अध्यक्षमा जसपाका लालबाबु राउत बरै १ हजार ४ सय १८ मत पाएर निर्वाचित हुँदा वडा नम्बर २ मा नेकपा एमालेका सोनालाल प्रसाद चौरसिया ५७२, वडा नम्बर ३ मा पनि जसपाका संजय कुमार पटेल ६५०, ४ मा नेपाली कांग्रेसकै संजय कुमार साह ७६९ र ५ मा पनि जसपाकै जयनारायण प्रसाद कुर्मी ९७०९० मत पाएर विजयी भएका छन् ।

 

यसैगरि पर्साको धोविनी गाउँपालिका अध्यक्षमा जसपाका मदन प्रसाद चौहान निर्वाचित भएका छन । उनी २० मतको अन्तरले बिजयी भएका हुन । उनले ३ हजार ९१ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वण्दी नेपाली कांग्रेसका बशिष्ठ नारायण कुर्मीले उनी भन्दा जम्मा २० मत कम अर्थाथ ३ हजार ७१ मत प्राप्त गरेका थिए ।

धोविनीको उपाध्यक्षमा नेपाली कांग्रेसकी मञ्जु देवी निर्वाचित भएकी छिन् । निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीकी प्रियंकादेवी यादवलाई ५ सय ६६ मतले पराजित गर्दै मञ्जु देवी उपाध्यक्षमा निर्वाचित भएकी हुन् । मञ्जुले ३ हजार १ सय ४३ मत पाउँदा प्रियंकाले २ हजार ५ सय ७७ मत पाएकी निर्वाचन अधिकृत कैलाश दहालले जानकारी दिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

सुशासन र पारदर्शीता नचाहने प्रमुख प्रशासकीय अधिकृत यादवलाई बिभागीय कारवाहीको सिफारिश सहित आयोगले डाम्यो

वीरगञ्ज । पारदर्शीताको पक्षमा नरहेका सुशासनको प्रत्याभूती गर्न नचाहने एक जना अधिकृतलाई  राष्ट्रिय सूचना आयोगले डामेको छ । पर्साको जगन्नाथपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देशकुमार यादवलाई १६ हजार जरिवाना गरेर आयोगले डामेको हो ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.