logo

पर्साको पर्सागढीमा एमालेका पाठक र चौधरी बिजयी

 इसीमाना सम्बाददाता      २०७९ जेठ ४ गते ०५: ४९ मा प्रकाशित     603   पटक पढिएको

६ हजार ६ सय २४ मत प्राप्त गरी पर्साको पर्सागढी नगरपालिकाको नगरप्रमुखमा नेकपा एमालेका गोकर्ण पाठक निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसका निवर्तमान नगरप्रमुख लोकनारायण यादवलाई २ हजार ८ सय ९१ मतको फराकिलो मतान्तरले पराजित गर्दै पाठकको जित निकालेका हुन । यादवले ३ हजार ७ सय ३३ मत प्राप्त गरे ।

जनता समाजवादी पार्टीका सुरज कुमार मानन्धरले २ हजार ६ सय ८४ मत पाउँदा नेकपा माओवादी केन्द्रका चन्द्र भुषण सिंहले १ हजार ३ सय ७२ मत पाएका छन् ।

नेकपा एकिकृत समाजवादी पार्टीका सत्यनारायणप्रसाद दास थारुले १ हजार ३ सय ५७ र लोकतान्त्रिक समाजवादी पार्टीका मैनुरदिन मियाले ५ सय १५ मत पाएका छन् ।

७ हजार ६ सय १६ मत प्राप्त गरी उपप्रमुखमा पनि नेकपा एमालेकै पुजा चौधरी निर्वाचित भएकी छिन् । उनको निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी निवर्तमान उपप्रमुख अर्चना चौधरीले ३ हजार ४ सय ३० मत पाएकी छिन् । जसपाकी रंजना देवी यादवले २ हजार ४ सय ५५ मत पाएकी छिन् भने नेकपा माओवादी केन्द्रकी शोभावती कुमारीले १ हजार २ सय ७४ मत पाएकी छिन् ।

वडा नम्बर १ मा नेकपा एमालेका राजकपुर खवास ७ सय ४, २ मा एमालेकै बीरेन्द्र प्रसाद महतो थारु ८ सय ३३, ३ मा कांग्रेसका सुकमान तामांग १ हजार ३ सय ६९, ४ मा जसपाका शेष खुर्सिद मियाँ ९ सय ९ , ५ मा लोसपाका नितेश मिश्रा ६ सय २३, ६ मा स्वतन्त्र उम्मेदवार नवलकिशोर प्रसाद कलवार ४ सय ९८, ७ मा कांग्रेसका शंकर रायभर ६ सय २२, ८ मा कांग्रेसकै सुन्दरी देवी थारु ६ सय ८८ ९ मा जसपाका रामबढाई प्रसाद यादव ६ सय १ मतले निर्वाचित भएका छन् । ८ मा निर्वाचित थारु साविक हरपुर गाविसका अध्यक्ष स्व .कविकान्त चौधरीकी श्रीमती हुन । चोधरीलाई माओवादीले हत्या गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.