logo

पर्साको पकाहामैनपुर नेपाली कांग्रेसको क्लीन स्वीप

 इसीमाना सम्वाददता     २०७९ जेठ ४ गते ०७: ०० मा प्रकाशित     616   पटक पढिएको

पर्साको पकाहा मैनपुर गाउँपालिकामा नेपाली कांग्रेसले अभूतपूर्व बिजय हासिल गरेको छ ।

 

गाउँपालिकाको अध्यक्षमा सुरेश प्रसाद मेहता निर्वाचित भएका छन् । मेहताले ४ हजार ६ सय ८५ मत ल्याएर जित हासिल गरेका हुन । उनका निकटतम प्रतिद्वण्दी जसपाका बिजय चौरसियाले २ हजार ५ सय २९ मत प्राप्त गरे।

 

चौरसिया निर्वतमान अध्यक्ष हुन । उपाध्यक्षमा कांग्रेसकी सरफुन नेशा निर्वाचित भएकी छन् । उनले ४ हजार १ सय ४१ मत ल्याएकी छन उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेकी निर्मला कुमारी चौरसियाले १ हजार ८ सय ७२ मत प्राप्त गरेकी छन्ई गाउँपालिकामा दुईजना खुला सदस्य र एकजना दलित महिला सदस्य बाहेकका सम्पूर्ण सिटमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय पकाहामैनपुर गाउँपालिकाले जनाएको छ ।

 

दुई जना खुला र एक जना महिला सदस्यमा जसपाका उम्मेदवार विजयी भएका छन् । पकाहामैनपुर वडा नम्बर १ मा कांग्रेसका विनोद महेता वडा नम्बर २ मा मुकुट प्रसाद चौहान वडा नम्बर ३ मा सञ्जय प्रसाद चौहान , वडा नम्बर ४ मा ढेडी प्रसाद याद र वडा नम्बर ५ मा वलिराम प्रसाद वरै निर्वाचित भएका छन् ।

 

सबै नेपाली कांग्रेसका हुन । अघिल्लो निर्वाचनमा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा तत्कालिन संघीय समाजवादी फोरम नेपालबाट विजय चौरसिया १ हजार ७ सय ३५ र उपाध्यक्षमा मधेश आन्दोलनकी शहिद सत्रुधन पटेलकी आमा कुशुमा देवी १ हजार ९ सय ८६ मत ल्याएर निर्वाचित भएका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.