logo

एमाले जसपा गठबन्धनमा समस्या, एमालेमाथि कुठाराघात भए सहन गरिदैनः नेता गुप्ता

 इसीमाना सम्वाददाता     २०७९ असोज २९ गते ०६: ३१ मा प्रकाशित     548   पटक पढिएको

नेकपा एमालेका केन्द्रीय सदस्य एवं पर्सा क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार राजकुमार गुप्ताले नेकपा एमाले जसपा गठबन्धन प्रति गम्भिर आशंका ब्यक्त गरेका छन ।

 

प्रेस चौतारी नेपाल पर्सा शाखाले एमाले उम्मेदवारहरुसंग आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै गुप्ताले यस्तो आशंका ब्यक्त गरेका हुन ।


निर्वाचन प्रचारको क्रममा आक्रमक शैलीमा अगाडि बढेका गुप्ताले आफनो क्षेत्रको पकाह मैनपुरमा घरदैलो कार्यक्रम सकेका छन ।

उनको कार्यक्रममा जसपाका उम्मेदवार बाहेक नेतृत्व पंक्तिको सहभागिता नभएपछि उनले गठबन्धनको औचित्य माथि प्रश्न गर्दै आशंका ब्यक्तगरेका हुन ।

उनले आफनो क्षेत्रमा कतै गठबन्धन नदेखिएको बताए । प्रचार अभियानमा जसपाको सहभागिता नभएपछि स्वाभाविक रुपमा गठबन्धनको बिषमा प्रश्न उठेको छ ।

एमाले नेता गुप्ताले एमाले अरुको मतदाता बन्ने तर अरुको मत एमालेलाई नआउने हो भने यो परिपाटी पाच्य नहुने चेतावनी दिए ।


उनले पार्टी नेतृत्वलाई आग्रह गरे कमरेडहरु जसपाको नेतृत्वसंग बस्नुहोस स्वतन्त्र उम्मेदवारी निष्क्रिय बनाएर गठबन्धनको धर्म निर्वाह गर्ने वतावरण बनाउनुहोस अन्यथा एमालेमाथि कुठाराघात हुने अवस्था आए त्यो एमालेले सहेर नबस्ने बताए ।


नेता राजकुमार गुप्ताले भने जस्तै पर्साका अन्य क्षेत्रमा पनि गठबन्धनमा गम्भिर समस्या छ । गठबन्धन पार्टीले एकले अर्कोलाई बिश्वास नगरेको देखिन्छ ।


जसपाका निर्वतमान प्रदेश सभा सदस्यहरु , केन्द्रीय सदस्यका परिवारका सदस्यहरुको स्वतन्त्र उम्मेदवारीका कारण पनि बिश्वासको वतावरण बन्न नसकेको नेकपा एमाले वीरगंज महानगर कमिटीका सचिव सुन्दर कुर्मीको टिप्पणी छ ।


निर्वाचन परिचालनकालागि दुबै पार्टीका नेताहरुको सहभागितामा निर्वाचन परिचालन कमिटी बनेको छ । संयुक्त कार्यक्रमको निर्माण भएको छैन ।

तर आ आफ्ना गतिविधिहरुको संचालनले पनि समस्या उत्पन्न भएको एमालेका उक नेताले बताए ।
प्रेस चौतारी नेपाल पर्साले राखेको कार्यक्रममा नेताहरुले गठबन्धन प्रति बिभिन्न कोणबाट प्रश्न उठाएका थिए ।

एमाले पर्साका इन्चार्ज प्रभू हजराले गठबन्धको बिषयमा देखिएको असमझदारी र अबिश्वासको वतावरण अन्त्य गरिने बताए । उनले गठबन्धनको धर्म पालनाको बिकल्प नभएको बताए ।


प्रेस चौतारी नेपाल पर्सा शाखाका अध्यक्ष श्याम बन्जाराको अध्यक्षतामा भएको कार्यक्रममा पर्सा क्षेत्र नं ४ का संघीय सासदका उम्मेदवार जालीम मिया, पर्सा क्षेत्र नं ३ को “क” का प्रदेश सभाका उम्मेदवार मन्जुर अन्सारी, पर्सा क्षेत्र नं २ को “ख” का उम्म्ेदवार हरेराम कुर्मी पर्सा क्षेत्र नं १ को “क” का बिचारी यादव लगायतका उम्मेदवारले आफनो भनाई राखेका थिए ।
संगठनका जिल्ला सचिव राजेन्द्र सिंहले संचालन ग।रेको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी.लामिछाने प्रेस चौतारी नेपालका सचिव कमल उपाध्याय, केन्द्रीय सदस्य अच्यूत पौडेल शत्रुघ्न नेपालले पत्रकारहरुको समस्याहरुको बारेमा प्रकाश पारेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.