logo

कांग्रेसको सरकार देशको अहितमा छ ,बिकास र समृद्धिकालागि एमालेलाई मतदान गर्न नेता पौडेलको अपिल

 इसीमाना सम्बाददाता     २०७९ असोज २९ गते ०६: ४९ मा प्रकाशित     456   पटक पढिएको

नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं पूर्व मंत्री पुरुषोत्तम पौडेलले कांग्रेस नेतृत्वको गठबन्धन सरकार देशको अहितमा रहेको बताएका छन ।

 

नेकपा एमालेको पर्सा क्षेत्र नं १ को “क”को कार्यकर्ता भेलालाई शनिवार वीरगंजमा सम्बोधन गर्दै नेता पौडेलले बिकासको सपना देखाउने र त्यसलाई वास्तविक रुपमा निर्माण गरेर देखाउने नेकपा एमालेलाई जिताउन आवश्यक रहेको बताए ।


उनले मुलुकमा सम्पन्न र संचालीत रहेका ठुला परियोजना नेकपा एमालले शुरु गरेको बताए । हुलाकी सडकको निर्माण,वृद्धा भताको ब्यवस्था, ६ हजार किमी पिच सडकको निर्माण, मरिन डाइभर्सनको निर्माण जस्ता कामहरु एमालेले गरेको बताउदै बिकास र समृद्धिका निम्ति एमालेको बिकल्प नरहेको बताए ।


उनले पर्सा क्षेत्र नम्बर १ “क”का जनताले योग्य ,ईमन्दार उम्मेदवारको रुपमा बिचारी यादवलाई पाएको भन्दै बिकाश पुरुष बिचारी यादवलाई बिजयी गराउन आग्रह गरे ।

 

नेता पौडेलले उनले जनताको दुखसुखमा अहोरात्र खट्ने बिचारी यादवलाई बिजयी गराए मात्र यो क्षेत्रको बिकाश हुन सक्ने तर्क राखे ,


कार्यक्रममा नेकपा एस का नेता जलन्धर कुर्मी लोसपाका अशोक साह को नेतृत्वमा दुई सय भन्दा बढि नेता कार्यकर्ताहरु एमाले प्रवेश गरेका थिए। उनीहरुलाई नेता पौडेलले पार्टीमा स्वागत गरेका थिए ।


कार्यक्रममा नेकपा एमालेका पर्सा इन्चार्ज प्रभु हजरा, सह इन्चाज अरबिन्द सिंह, निर्मला देवकोटा, पर्सा अध्यक्ष जयप्रकाश थारु , प्रदेश सभा सदस्यका उम्मेदवार बिचारी यादव लगायतकाले धारणा राखेका थिए । कार्यक्रमको सहजीकरण वीरगंज महानगरका सचिव सुन्दर कुर्मीले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

नेपाल यातायात व्यवसायी महासंघ पर्साको अध्यक्षमा  मानन्धर सचिवमा  श्रेष्ठ  सर्वसम्मत चयन

वीरगञ्ज । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पर्सा जिल्ला कमिटीको अधिवेशन सम्पन्न भएको छ।

निर्वाचन प्रहरी भर्नाः तीन पटक म्याद थप्दा पनि आवेदन अपुग, आवेदन दिन बागलुङ आग्रह

बागलुङ ।  बागलुङ जिल्लामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक निर्वाचन प्रहरी भर्नामा अपेक्षाअनुसार आवेदन परेको छैन।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.