logo

पार्टी भित्रको असन्तुष्टिसंगै सिहंले लिए मुख्यमंत्रीको शपथ

 इसीमाना सम्वाददाता     २०८१ जेठ २५ गते ०१: ३७ मा प्रकाशित     206   पटक पढिएको

जनकपुरधाम । जनमत पार्टी भित्रको असन्तुष्टिकावीचमै मधेश प्रदेशमा सतिशकुमार सिंह मुख्यमंत्री नियुक्त भएका छन । उनले आजै पद तथा गोपनियताको शपथ लिएका छन् ।


जनमत पार्टीका सिंहलाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले पद तथा गोपनीयताको शपथ गराइन् । पण्डितले खोजेको शुभमुहूर्तको समयमा उनले शपथ गरे ।

मुख्यमन्त्री सिंहलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एस, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीको समर्थन छ ।

सप्तरी क्षेत्र नम्वर २ (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित सिंह तिलाठी गोइलाठी गाउँपालिका ४ स्थायी बासिन्दा हुन् । लोसपाबाट राष्ट्रियसभा सदस्य रहेका बुवा शेखरकुमार सिंह पनि शपथ ग्रहण समारोहमा उपस्थित थिए ।


मुख्यमन्त्री बन्न सफल सिंह पनि जनमतमा प्रवेश गर्नुअघि तत्कालीन राजपामै सक्रिय थिए । सोही पार्टीबाट ०७४ मा तिलाठी गोइलाठी गाउँपालिकाका अध्यक्षमा निर्वाचित भएका थिए ।

०७९ मा पुनः गाउँपालिकामा चुनावी मैदानमा उत्रे तर पराजित भए । त्यसपछि उनले जनमत पार्टीमा प्रवेश गरी प्रदेशसभा सदस्यमा चुनाव लडेपछि निर्वाचित भए ।

दलका नेता महेशप्रसाद यादवलाई बाइपास गरेर अध्यक्ष डा. सीके राउतले उनलाई अघि सारेको भन्दै पार्टीमा असन्तुष्टि बढेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.