logo

जगरनाथपुरको बजेट ४४ करोड,रिंगरोड निर्माणको योजना प्रस्तुत

 इसीमाना सम्वाददाता     २०८१ असार १० गते ०९: ५९ मा प्रकाशित     370   पटक पढिएको

बीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकाले ११ औं गाँउ सभा सम्पन्न गरेको छ । गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवको अध्यक्षता गाँउ सभा सम्पन्न भएको हो ।

 

सभामा नेपाली कांग्रेस पर्साका सभापति जर्नादन सिंह क्षेत्री र प्रदेश सभाका सासद शंकर चौधरीले सभाको सफलताको शुभकामना ब्यक्त गरेका थिए । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१र०८२ को लागि ४४ करोड ३४ लाख २३ लाख र ५ सय रुपैया बराबरको बजेट प्रस्तुत गरेको छ ।

भौतिक पूर्वाधार तथा बिकासमा ३ करोड ९० लाख, आर्थिक बिकास अन्तर्गत कृषि तथा पशु बिकासका लागि ९९ लाख रुपैया बजेट बिनियोजन गरिएको छ ।

 

त्यस्तै सामाजिक बिकासतर्फ शिक्षामा २ करोड ७० लाख, स्वास्थ्यमा ९२ लाख, खानेपानी तथा सिँचाईमा १ करोड ८४ लाख, खेलकुदमा ३७ लाख, लैङ्गिक समानता, सामाजिक समावेशीकरण तथा सामाजिक सुरक्षामा ५८ लाख, वन तथा विपद् व्यवस्थापनमा ३८ लाख, सोलार बत्ती बिजुली जडानमा ८५ लाख रुपैया बिनियोजन गरिएको छ ।

 

त्यस्तै मठ मन्दिर, मस्जिद साँस्कृतिक सम्पदा जगेर्नामा ३ करोड ९ लाख, कार्यालय संचालन तथा प्रशासनिक खर्च तथा कर्मचारीको तलब भत्ता १० करोड ८८ लाख बिनियोजन गरिएको छ ।

 

सरकारलको सशर्त चालु १५ करोड ८४ लाख, नेपाल सरकारको पुँजीगत खर्च ९० लाख, नेपाल सरकारको समपुरक अनुदान २० लाख, नेपाल सरकारको विशेष अनुदान ५० लाख, प्रदेश सरकारको समपुरक अनुदान २० लाख, प्रदेश सरकारको विशेष अनुदान ३० लाख गरि ४४ करोड ३४ लाख २३ हजार ५ सय रुपैयाँ विनियोजन गरिएको हो ।

 

गाउँपालिका अध्यक्ष यादवले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुति गर्दै पालिकाका सबै वडामा सजिलै आउजाउ गर्न रिंग रोड तथा १५ शय्याको अस्पतालको निर्माण जस्ता ठूला योजना ल्याउने बताए । सभामा प्रमुख प्रशासकिय अधिकृत कृष्णनन्दन राय, वडाध्यक्षहरु लक्ष्मी साह तेली, नेपाली प्रसाद कुशवाहा, सुभाष कुमार यादव, प्रभुनाथ प्रसाद नुनिया, बिहारी महतो नुनिया, अयोध्या प्रसाद कुर्मी, गा।पा का वडा सचिव, कर्मचारी, शिक्षक, बुद्धिजीवीहरुको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

स्व.उमा सिंहको स्मृतिमा जनकपुरमा महासंघको आयोजनामा बिभिन्न कार्यक्रम सम्पन्न

जनकपुरधाम । नेपाल पत्रकार महासङ्घ धनुषा शाखाले शहिद पत्रकार उमा सिंहको १७औँ स्मृति दिवसको अवसर पारेर आइतबार पत्रकारहरूको स्वास्थ्य अवस्था र पेशागत सुरक्षासम्बन्धी यथार्थ प्रश्नहरूलाई उजागर गर्ने उद्देश्यसहित दुईवटा महत्वपूर्ण कार्यक्रम सम्पन्न गरेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.