logo

जगरनाथपुरको बजेट ४४ करोड,रिंगरोड निर्माणको योजना प्रस्तुत

 इसीमाना सम्वाददाता     २०८१ असार १० गते ०९: ५९ मा प्रकाशित     518   पटक पढिएको

बीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकाले ११ औं गाँउ सभा सम्पन्न गरेको छ । गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवको अध्यक्षता गाँउ सभा सम्पन्न भएको हो ।

 

सभामा नेपाली कांग्रेस पर्साका सभापति जर्नादन सिंह क्षेत्री र प्रदेश सभाका सासद शंकर चौधरीले सभाको सफलताको शुभकामना ब्यक्त गरेका थिए । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१र०८२ को लागि ४४ करोड ३४ लाख २३ लाख र ५ सय रुपैया बराबरको बजेट प्रस्तुत गरेको छ ।

भौतिक पूर्वाधार तथा बिकासमा ३ करोड ९० लाख, आर्थिक बिकास अन्तर्गत कृषि तथा पशु बिकासका लागि ९९ लाख रुपैया बजेट बिनियोजन गरिएको छ ।

 

त्यस्तै सामाजिक बिकासतर्फ शिक्षामा २ करोड ७० लाख, स्वास्थ्यमा ९२ लाख, खानेपानी तथा सिँचाईमा १ करोड ८४ लाख, खेलकुदमा ३७ लाख, लैङ्गिक समानता, सामाजिक समावेशीकरण तथा सामाजिक सुरक्षामा ५८ लाख, वन तथा विपद् व्यवस्थापनमा ३८ लाख, सोलार बत्ती बिजुली जडानमा ८५ लाख रुपैया बिनियोजन गरिएको छ ।

 

त्यस्तै मठ मन्दिर, मस्जिद साँस्कृतिक सम्पदा जगेर्नामा ३ करोड ९ लाख, कार्यालय संचालन तथा प्रशासनिक खर्च तथा कर्मचारीको तलब भत्ता १० करोड ८८ लाख बिनियोजन गरिएको छ ।

 

सरकारलको सशर्त चालु १५ करोड ८४ लाख, नेपाल सरकारको पुँजीगत खर्च ९० लाख, नेपाल सरकारको समपुरक अनुदान २० लाख, नेपाल सरकारको विशेष अनुदान ५० लाख, प्रदेश सरकारको समपुरक अनुदान २० लाख, प्रदेश सरकारको विशेष अनुदान ३० लाख गरि ४४ करोड ३४ लाख २३ हजार ५ सय रुपैयाँ विनियोजन गरिएको हो ।

 

गाउँपालिका अध्यक्ष यादवले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुति गर्दै पालिकाका सबै वडामा सजिलै आउजाउ गर्न रिंग रोड तथा १५ शय्याको अस्पतालको निर्माण जस्ता ठूला योजना ल्याउने बताए । सभामा प्रमुख प्रशासकिय अधिकृत कृष्णनन्दन राय, वडाध्यक्षहरु लक्ष्मी साह तेली, नेपाली प्रसाद कुशवाहा, सुभाष कुमार यादव, प्रभुनाथ प्रसाद नुनिया, बिहारी महतो नुनिया, अयोध्या प्रसाद कुर्मी, गा।पा का वडा सचिव, कर्मचारी, शिक्षक, बुद्धिजीवीहरुको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

पर्सा प्रहरीमा वार्षिक कार्यसम्पादन करारमा हस्ताक्षर, चोरी निकासी  लागूऔषध ओसारपसार रोक्न निर्देशन

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले आर्थिक वर्ष २०८३-०८४ का लागि मातहतका प्रहरी कार्यालय प्रमुखहरूसँग वार्षिक कार्यसम्पादन करारमा हस्ताक्षर गरेको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.