मधेश प्रदेशमा प्रदेश सरकारले संविधान दिवस भव्यतापुर्वक मनाउने
इसीमाना सम्वाददाता
२०८१ भदौ २८ गते ०९: ३४ मा प्रकाशित
528 पटक पढिएको
जनकपुरधाम । मधेश प्रदेश सरकारले अशोज ३ गते विभिन्न कार्यक्रमको आयोजना गरी संविधान दिवस भव्यतापुर्वक मनाउने निर्णय गरेको छ ।
मधेश प्रदेश सरकारको गृह,सञ्चार तथा कानून मन्त्रालयले संविधान दिवस मनाउने विषयमा सम्बन्धित सरोकारवालाहरु सँग छलफलका लागि शुक्रबार आयोजना गरेको बैठकमा यस प्रकारको निर्णय भएको हो ।
संविधान दिवसका दिन विहान ७ वजे मधेश प्रदेश सरकारको गृह,सञ्चार तथा कानून मन्त्रालयको आयोजनामा जनकपुरधामको रमानन्द चौक वाट प्रभात रैली निकाल्ने र त्यसको लगतै संविधान र संघियताको विषयमा प्रवचन कार्यक्रमको आयोजना गरिने मन्त्रालयका निमित प्रमुख एवम कानून अधिकृत संदिप सिंहले जानकारी दिनु भयो ।
उहाँका अनुसार संविधान दिवसका दिन हुने कार्यक्रममा मधेश प्रदेश सरकारका मुख्यमन्त्री ,मन्त्रीगण ,विभिन्न राजनीतिकदलको संसदीयदलका नेता ,प्रदेशसभासदस्य , कर्मचारी ,चारवटै सुरक्षा निकाय , क्याम्पसमा पढने विद्यार्थी र पत्रकारहरुको सहभागिता रहेने बताउनु भयो ।
मधेश प्रदेश सरकारका गृह,सञ्चार तथा कानून मन्त्री राज कुमार लेखीको अध्यक्षतामा भएको आजको बैठकमा चारवटै सुरक्षा निकायका प्रतिनिधि ,धनुषाका प्रमुख जिल्ला अधिकारी ,मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव केशव सुवेदी , मधेश प्रदेश सरकारको गृह,सञ्चार तथा कानून मन्त्रालयका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
वैठक पछि संचारकर्मीलाई प्रतिक्रिया दिदै मधेश प्रदेश सरकारका गृह,सञ्चार तथा कानून मन्त्री लेखीले संविधानको सफल कार्यान्वयन हुँदै गएकोले मधेश प्रदेश सरकारले यस वर्ष संविधान दिवसलाई भव्यताका साथ मनाउन लागिएको बताउनु भयो ।
तपाईं हामीसंग फेसबुक र ट्वीटर
मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।
नयाँ दिल्ली । दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।
वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।
वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले आर्थिक वर्ष २०८३-०८४ का लागि मातहतका प्रहरी कार्यालय प्रमुखहरूसँग वार्षिक कार्यसम्पादन करारमा हस्ताक्षर गरेको छ।
तपाईको प्रतिक्रिया