logo

माधव नेपाललाई दश सवाल,१९ बूदेको आरोप पत्रको मतियार किन बन्नुभयो ? १० बुँदे स्पष्टिकरण (पूर्णपाठ)

      3/22/2021 गते 00 00 मा प्रकाशित     892   पटक पढिएको

नेकपा एमालेले माधवकुमार नेपाललाई पार्टीको वरिष्ठ नेता नरहेको जानकारी दिँदै अनुशासन उलंघनमा १० बुँदे स्पष्टिकरण मागेको छ । महासचिव इश्वर पोखरेलले केन्द्रीय कमिटीको निर्णयअनुसार नेपाललाई महाधिवेशन आयोजक समिति सदस्यका रुपमा सम्बोधन गर्दै तीन दिनभित्र जवाफ दिने गरी स्पष्टिकरण सोध्नुभएको हो ।

पार्टी केन्द्रीय कमिटीको बैठकको निर्णय अनुसार महासचिव पोखरेलले सोधेको स्पष्टिकरणमा कानुनविपरित सडकबाट अध्यक्ष केपी शर्मा ओलीलाई नेकपाको अध्यक्ष र साधारण सदस्य समेतबाट के आधारमा निष्कासन गरेको भनेर जवाफ मागिएको छ । त्यस्तै नेकपाको वरिष्ठ नेताको जिम्मेवारीमा रहँदाको बेला अध्यक्ष ओलीविरुद्ध १९ बुँदे आरोपपत्र पेश गर्दा प्रचण्डको मतियार किन बनेको ? भन्दै त्यसमा समेत जवाफ मागिएको छ । यस्तै एमालेले निर्वाचन आयोगमा पटक पटक पार्टी फुटाउन निवेदन बोकेर किन गएको भन्नेदेखि समानान्तर कमिटी गठन तथा गुटका भेलाहरु गर्नुको जवाफ नेपालसँग मागिएको छ ।

एमालेले नेपाललाई प्रचण्डसँग अझै साँठगाँठ गरेको, एमाले कब्जा गर्न माधव नेपालहरु गएको भन्ने प्रचण्डको अभिव्यक्तिको खण्डन नगरेको तथा अहिले पनि प्रचण्डसँग एमाले नेतृत्वको सरकार ढाल्न अन्य विपक्षीलाई समेत उक्साएर साँठगाँठ गरेको बिषयमा जवाफ मागिएको हो । महासचिव पोखरेलले तीन दिनभित्र जवाफ पेश नगरे नियम, कानुन र विधान बमोजिम कारवाही हुने चेतावनी दिनुभएको छ ।

यस्तो छ स्पष्टिकरणपत्र

तपाईं माधवकुमार नेपालले हाम्रो पार्टी बिधानबिपरित पार्टी तथा नेतृत्वको सरकारबिरुद्ध देहाय बमोजिमका क्रियाकलापहरुमा नेतृत्व र अगुवाई के कति कारणले गर्नुभएको हो ?

१. तपाईले सावित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बरिष्ठ नेताको जिम्मेवारीमा रहँदाको अवस्थामा पार्ट अध्यक्ष केपी शर्मा ओलीका बिरुद्धमा ‘१९ पृष्ठ लामो अराजनीतिक, तथ्यहीन र शत्रुतापुर्ण आरोप’ तयार पार्न, पार्टी बिधानको ब्यवस्थाबिपरित छापामार शैलीमा तात्कालिन पार्टी सचिवालयमा प्रस्तुत गर्न र त्यसलाई पार्टीको नाम, झण्डा र लोगोसमेतको अनाधिकृत रुपमा प्रयोग गरी पुस्तकाकारमा प्रकाशित गरेर बितरण गर्नमा अग्रसर भई पुष्पकमल दाहालको मतियार समेत भई पार्टी हित बिपरित कार्य गरेको र गराउनु पर्नाको कारण के हो ?

२. नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बिधानबिपरित सडक तथा अनाधिकृत स्थानमा बसी अनाधिकृत र कानून बिपरित पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष र साधरण सदस्यसमेतबाट के–कुन आधारमा सडकबाटै कथित निश्कषशनको निर्णय गर्नु/गराउनु भएको हो ?
३. निर्वाचन आयोगमा पार्ट बिधान र हित बिपरित पटक–पटक तपाई र तपाईसमेत भई बिभिन्न प्रकारका निवेदनहरु के कति कारणले गर्नू/गराउनु भएको हो ?

४. पार्टी फुटाउने उदेश्यले पार्टीको नाम, चिन्ह र भण्डासमेत कुनै एउटा समुह वा गुटले मात्र प्रयोग गर्ने÷गराउने उदेश्यका साथ बिभिन्न किथत निवेदन लिई निर्वाचन आयोगमा पटक–पटक किन जानु भएको हो ? र, पार्टी फुटाउँदा के–कुन उदेश्य हासिल हुने हो ?

५. पार्टी अध्यक्ष र महासचिवद्वारा मिति २०७७ चैत ४ गते गरिएको मौीखक तथा लिखित निर्देशनको अवज्ञा गरी पार्टीको नाम, चिन्ह र झण्डाको दुरुप्योग गरी मिति २०७७ चैत ४ र ५ गते कथित राष्ट्रिय भेला गरेको, बिभिन्न अन्य भेलाहरु निरन्तर गरिरहेको, बिभिन्न पार्टी कमिटी तथा भातृ संगठनहरुको भेला गरी अनाधिकृत रुपले बिभिन्न कार्य गरी÷गराई पार्टी फुटाउन नेतृत्व र अगुवाई किन गर्नुभएको हो ?

६.तपाई आफ्नै पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेतृत्व गरेको लोकप्रिय सरकारका बिरुद्ध संसद, सञ्चार माध्यम र सडकबाट निरन्तर बिरोध गरेको र आफ्नै सरकारका बिरुद्ध आफ्नो दलका नेता एवं प्रधानमन्त्रीलाई थाहै नदिइ छापामार शैलीमा अबिश्वासको प्रस्ताव तयार गरेको, प्रतिनिधिसभाका कतिपय माननीय सदस्यहरुको फर्जी हस्ताक्षर समेत गरी मिति २०७७ पुस ५ गते संसद सचिवालयमा अबिश्वसको प्रस्ताव दर्ता गर्ने प्रयाश गरेको जस्तो गर्नै नहुने अत्यन्तै हानिकारक र अनुशासनहीन काम किन गर्नुभयो ?

७.सम्मानीत सर्वाेच्च अदालतको मिति २०७७ फागुन २३ गतेको फैसलापछि नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटीको दसौं, एघारौं र बाह्रौ बैठक र संसदीय दलको बैठकहरुमा समेत उपस्थित हुनुको साटो पार्टीको बिधान र निर्देशनबिपरित पार्टी रु जनसंगठनहरुको नाम, झण्डा र चिन्हको दुरुप्योग गरी समानान्त्र संगठन निर्माण गर्ने र कथित राष्ट्रिय कार्यकर्ता भेला तथा बिभिन्न नामका कथित भेलाहरु आयोजना गर्नु र पार्टी र पार्टीको एकताबिरोधी प्रस्ताव प्रस्तुत एवं पारित गर्नु/गराउनुको उदेश्य के हो ?

८. बिपक्षी राजनीतिक दलहरुसँग गठबन्धन गरी आफ्नो पार्टीको अध्यक्ष एवं दलका नेता केपी शर्मा ओली नेतृत्वको सरकार गिराउन र अन्य राजनीतिक पार्टीको नेताहरुलाई प्रधानमन्त्री बनाउन षडयन्त्र गर्नुको कारण के हो ?

९. माधव नेपालहरु सके एमाले कब्ज गरेर, नसके बिद्राहे गरेर नेकपा –माओवादी केन्द्र) सँग एकता गर्न आउनु हुन्छ भन्ने पुष्पकमल दाहालका सार्वजनिक भनाईहरुप्रति तपाईको मौन समर्थन रहनुको रहष्य वा कारण के हो ? यसबीचमा पनि पुष्पकमल दाहालसँगको निरन्तर भेटघाट जारी रहनुको अर्थ के हो ?

१०. माथि उल्लेखति क्रियाकलापहरुका साथै तपाईले पार्टी हित बिपरित पार्टीको बैधानिक ब्यवस्था र कार्यक्रमको बिपक्षमा सार्वजनिक क्रियाकलाप गरेको, पार्टी बिधान तथा निर्णयबिपरित गुटबन्द तथा षडयन्त्र गरेको, पार्टी निर्णय बारम्बार उलंघन गरेको, पार्टीप्रतिको निष्ठा र बिश्वस नरहने गरी भ्रम फैलाई स्वयं पार्टी प्रतिको निष्ठा र बिश्वसबाट च्यूत भएको, पार्टीको प्रतिष्ठा र मर्यादामा आँच आउने गरी निरन्तर बिभिन्न क्रियाकलापहरु सञ्चालन गरे/गराएको, पार्टी कमिटीको गोपनीयता भंग गरे/गराएको, पार्टीद्वारा सञ्चालित आन्दोलनको बिपक्षमा रहेको वा बिपक्षीसँग साँठगाँठ गरे/गराएको, केन्द्रीय जनप्रतिनिधि संस्थालगयत पार्टीले पठाएको जिम्मेवारीमा रहँदा पार्टी निर्णय र निर्देशनबिपरित बिभिन्न कार्यहरु निरन्तर गरिरहेको/गराईरहेको र यस्ता अवाञ्छित क्रियाकलापहरुमा पार्टीको जिम्मेवार ब्यक्तिहरुलाई सम्मितिल गराएको/उक्साएको, अवाञ्छित तत्वसँग साँठगाँठ गरी राष्ट्रहितबिपरित काम गरे/गराएको, पार्टीको बिधान र नियमावलीमा पार्टी सदस्य वा पार्टी कमिटीहरुले पालना गर्नूपर्ने भनी उल्लिखत कर्तब्यको उलंघन गरे/गराएको समेत प्रष्ट देखिएकोले यस्तो क्रियाकलाप निरन्तर गरी/गराई पार्टी हितबिपरित, पार्टीको एकता, अक्षुण्णता र अग्रगामी कार्यको बिरुद्ध, पार्टीले राष्ट्रहित तथा जनहितका लागि गरिरहेको र गर्नूपर्ने कार्यलाई रोक्ने र पार्टी जीवन तथा समग्र पार्टीमाथि नै आँच आउने गरी पार्टीलाई बिभाजनको दिशामा लाग यस्ता बिभिन्न अनुचित क्रियाकलापहरु गरे/गराईएकोले त्यस्ता बिभिन्न क्रियाकलापहरु के–कति कारणले निरन्तर गर्नु/गराउनु भएको हो ?

मिति २०७७ चैत ७ गते सम्पन्न नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको बाह्रौं बैठकको निर्णय बमोजिम माथी उल्लिखित बिषयहरुमा तपाईले पार्टी विधानको धारा ४९ (क) को १, २, ३, ४, ५, ६, ७ ९, १० र १४ को उल्लंघन गरेको सप्रमाण देखिएकोले तपाईलाई पार्टी विधान बमोजिम कारवाही किन नगर्ने ? यस सम्बन्धमा माथि उल्लेखित सबै विषयहरुमा स्पष्ट पार्न तपाईलाई तीन दिनको समय दिईएको छ । तीन दिनभित्र स्पष्टीकरण सहित लिखित जवाफ प्रस्तुत नगरेमा पार्टीको विधान र नियमावली बमोजिम कारवाही हुने व्यहोरा अवगत गराईन्छ ।

ईश्वर पोखरेल
महासचिव

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.