logo

चालु आवको तीन महिना बित्दा पनि ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट

 इसीमाना सम्बाददाता     २०८२ कार्तिक १ गते ०९: ३२ मा प्रकाशित     124   पटक पढिएको

वीरगंज  ।चालु आर्थिक वर्षको तीन महिना बितिसक्दा पनि देशभरका ४३ स्थानीय तहले अझै वार्षिक बजेट प्रस्तुत गरेका छैनन्।

 

नेपालमा हरेक वर्ष असार १० गतेसम्म ७५३ वटै स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने प्रचलन छ।

 संविधानले संघीय सरकारलाई प्रत्येक वर्ष जेठ १५ गते (गणतन्त्र दिवसका दिन) बजेट प्रस्तुत गर्ने व्यवस्था गरेको छ।

 त्यसैअनुसार प्रदेश सरकारले असार १ गते बजेट प्रस्तुत गर्दै आएका छन्।

 

तर, तोकिएको मितिबाट धेरै ढिलो भइसके पनि केही स्थानीय तहले अहिलेसम्म बजेट सार्वजनिक नगरेको भन्दै आलोचना भइरहेका छन्।

 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार कोशी प्रदेशका १३७ स्थानीय तहमध्ये १३५ वटाले बजेट प्रस्तुत गरिसकेका छन्। इटहरी र धरान उपमहानगरपालिकाले भने हालसम्म बजेट ल्याएका छैनन्।

 

मधेस प्रदेशका १३६ स्थानीय तहमध्ये १०२ वटाले मात्र बजेट प्रस्तुत गरेका छन्। बाँकी ३४ स्थानीय तहले अझै बजेट सार्वजनिक गरेका छैनन्। तीमध्ये सप्तरीका डाक्नेश्वरी, राजविराज, अग्निसाइर कृष्णासवरन, छिन्नमस्ता र बलान बिहुल लगायतका गाउँपालिका र नगरपालिका छन्।

 

त्यसैगरी सिराहाका कल्याणपुर, धनगढीमाई, सुखीपुर, धनुषाका जनकपुर उपमहानगरपालिका, क्षिरेश्वरनाथ, धनुषाधाम, नगराइन, मिथिला, औरही, कमला, जनकनन्दिनी, हंसपुर र धनौजी गाउँपालिकाले पनि बजेट ल्याएका छैनन्।

 

महोत्तरीको सोनमा गाउँपालिका र मलङ्गवा नगरपालिका, सर्लाहीको हरिवन, चन्द्रनगर र रामनगर गाउँपालिका, रौतहटको कटहरिया, देवाही गोनाही, फतुवा विजयपुर नगरपालिका र यमुनामाई गाउँपालिकाले समेत चालु आवको बजेट सार्वजनिक गर्न सकेका छैनन्।

यस्तै, बाराको महागढीमाई नगरपालिका, सुवर्ण, विश्रामपुर गाउँपालिका तथा पर्साको पोखरिया, पकाहा मैनपुर, सखुवा प्रसौनी र कालिकामाई गाउँपालिकाले पनि बजेट प्रस्तुत नगरेको मन्त्रालयले जनाएको छ।

 

बागमती प्रदेशमा धादिङको खनियाबास गाउँपालिकाले बजेट ल्याएको छैन। गण्डकी प्रदेशका सबै स्थानीय तहले भने समयमै बजेट प्रस्तुत गरेका छन्।

 

लुम्बिनी प्रदेशअन्तर्गत नवलपरासी -पश्चिम_ को पाल्हीनन्दन गाउँपालिका, रूपन्देहीको कोटहीमाई गाउँपालिका, कपिलवस्तुको शुद्धोधन गाउँपालिका र दाङको तुल्सीपुर उपमहानगरपालिकाले बजेट सार्वजनिक गरेका छैनन्।

 

कर्णाली प्रदेशमा सल्यानको छत्रेश्वरी गाउँपालिकाले अझै बजेट ल्याएको छैन भने सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहले समयमै बजेट प्रस्तुत गरिसकेका छन्।

 

मन्त्रालयका अनुसार देशभर ९४.२९ प्रतिशत स्थानीय तहले बजेट प्रस्तुत गरिसकेका छन्, जबकि बाँकी ५.७१ प्रतिशतले अझै गरेको छैनन्। अधिकांश स्थानमा राजनीतिक सहमति नजुट्दा बजेट प्रस्तुतीमा ढिलाइ भएको बताइन्छ। बजेट तोकिएको समयमा प्रस्तुत गर्न नसक्नु स्थानीय तहको जनताप्रतिको जिम्मेवारीप्रति उदासीनता भनेर आलोचना भइरहेको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

तीन महिनामा प्रेस स्वतन्त्रता  हननका  ५९ घटना सार्वजनीक

काठमाडौँ । तीन महिनाको अवधिमा प्रेस स्वतन्त्रता हननका ५९ घटना भएका प्रेस काउन्सिल नेपालले जनाएको छ ।

जेनजी आन्दोलनका क्रममा फरार कैदी वीरगंजबाट पक्राउ

वीरगंज । जेनजी  आन्दोलनका क्रममा केन्द्रिय कारागार जगन्नाथदेवल, काठमाडौंबाट फरार भएका कर्तव्य ज्यान मुद्दाका कैदी वीरगंजबाट पक्राउ परेका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.