logo

सांसद सिंहसहित १६ जनामाथि अख्तियारद्वारा भ्रष्टाचार मुद्दा,सासद पद स्वतः निलम्बनमा

 इसीमाना सम्वाददाता     २०८२ असोज ३० गते ०३: २२ मा प्रकाशित     187   पटक पढिएको

जनकपुरधाम । महोत्तरी  जिल्लाको निर्वाचन क्षेत्र नं ४ को “ख” बाट निर्वाचित सरोज कुमार सिंह सतिह १६ जना बिरुद्ध  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  भ्रष्टाचारको मुद्दा दायर गरेको छ।  

 

सिंहले निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत विनियोजित रकम उपभोक्ता समितिहरू गठन गरी विकास योजनाको नाममा दुरुपयोग गरेको प्रमाण फेला परे पछि आयोगले मुद्धा दायर गरेको हो ।

 

सिंहले आफ्ना स्वकीय सचिव बिनोद कुमार लाल कायस्थ मार्फत उपभोक्ता समितिहरूको बैंक खाताबाट रकम झिकाई आफ्नो र श्रीमती सरिता कुमारी महतो सिंहको नाममा रहेको लक्ष्मी सनराइज बैंकको संयुक्त खाता (खाता नं. १२९२०००७२२१०० मा जम्मा गराएको पाइएको आयोगले जनाएको छ ।

 


आयोगका अनुसार रामगोपालपुर, मनराशिसवा र सम्सी क्षेत्रका योजनाका लागि गठित उपभोक्ता समितिहरूको खातामा जम्मा भएको  १ करोड ३६ लाख २७ हजार ४८१ मध्ये  ३८ लाख ५० हजार ३ सय १९ रकम सिंहको खातामा स्थानान्तरण गरिएको थियो।

 

यी रकमहरू देवी माहारानी सौन्दर्यकरण, कमलामाई मन्दिर निर्माण, कञ्चनियामाई मन्दिर सौन्दर्यकरण, र रधवा–सहसौला सडक ग्रेभल निर्माण जस्ता योजनाका लागि विनियोजित थिए। तर ती रकम विकास कार्यमा प्रयोग नभई व्यक्तिगत स्वार्थमा खर्च भएको आयोगको निष्कर्ष छ।

 

मुद्दामा सांसद सिंहका स्वकीय सचिव कायस्थसँगै रमेश मडर, अमलेश कुमारी, दिपाराज देवी राजपूत, भिखारी राउत कुर्मी, भुपेन्द्र कुमार झा, मन्जु देवी पासमान, रामनाथ सहनी, स्वीकृती देवी, रामशरण खत्वे, बिभा देवी खत्वे, शम्भु कुमार मंडल, योगेन्द्र महतो, सुनयना कुमारी, यमुना प्रसाद महतो र कौशिल्या देवीलाई पनि प्रतिवादी बनाइएको छ।

 

आयोगले उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अनुसार कारबाहीको मागसहित विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको हो। मुद्दा दायर भएलगत्तै सांसद सिंहको पद स्वतः निलम्बनमा परेको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

हेटौंडामा भोलिदेखि देखि सडक विस्तारः २५/२५ गजभित्रका संरचना हटाइने,२५ वटा डोजर र २५ वटा अन्य मेसिन प्रयोग हुने

हेटौंडा । भोलिदेखि हेटौंडाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म, साथै बुद्धचोक–सामरी पुल खण्डसम्म पर्ने २५/२५ गजभित्रका घर–टहरा तथा अन्य संरचना भत्काइने भएका छन्।

मधेसका चार सय तीन परिवार ग्रामीण विद्युतीकरण कार्यक्रमबाट लाभान्वित

सर्लाही ।  सामुदायिक तथा ग्रामीण विद्युतीकरण कार्यक्रममार्फत मधेसका आठ जिल्लाका कुल ४०३ परिवार बिधुतसेवा पहुँचमा जोडिएका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.