logo

रास्वपमा रिफर्मेसनको एजेण्डा अधुरो, नेतृत्व परिवर्तनको माग तीव्र

      २०८२ कार्तिक २ गते १२: ५२ मा प्रकाशित     185   पटक पढिएको

काठमाडौँ ।  पार्टीभित्र रिफर्मेसन (संगठनात्मक सुधार) को एजेण्डा उठिरहेका बेला त्यसैका लागि तोकिएको विस्तारित बैठकअघि नै सचिवालय विस्तार गरिएको आरोप उठेको छ।

 

दुई हप्ताभित्र बस्ने भनिएको विस्तारित बैठकको तयारी भइरहेकै बेला नेतृत्वले आकस्मिक रूपमा सचिवालय विस्तार गरेपछि डा. तोसिमा कार्कीले असन्तुष्टी जाहेर गरेकी छिन । उनले यसलाई   रिफर्मेसनको भावनाविपरीत कदम भनेका छन्।

 

कार्कीले आफूहरुले  खोजेको रिफर्मेसन सचिवालय विस्तार होइन, कार्यकारी नेतृत्व परिवर्तन र संगठन पुनर्गठन भएको बताइन । 

 

कार्की सहित असन्तुष्ट पक्षले पार्टीलाई थप लोकतान्त्रिक बनाउन र कार्यशैली सुधार गर्न जोड दिएका छन्। उनीहरूको भनाइमा पार्टीका गतिविधिहरूमा तल्लो तहसम्म अपनत्व र सहभागिता सुनिश्चित हुनुपर्नेछ।

 

उनीहरूले विस्तारित बैठकमा देशभरका प्रतिनिधिहरूको बृहत सहभागिता र मतदानको अधिकार  सुनिश्चित गर्न माग गरेका छन्।

 

यदि निर्णय गर्ने अधिकार नै नदिइने हो भने देशभरका कार्यकर्तालाई चितवन बोलाएर समय, पैसा र श्रम खर्च गर्नुको अर्थ नभएको उनले बताइन।

 

पार्टी स्रोतका अनुसार विस्तारित बैठकमा संगठनात्मक सुधार, महाधिवेशनको मिति र आगामी रणनीतिक दिशाबारे छलफल हुने तय छ।

 

तर बैठकअघि नै सचिवालय विस्तार गरेर केन्द्रीय नेतृत्वले पूर्वनिर्धारित निर्णय प्रभावित गर्न खोजेको आरोपले पार्टीभित्र नयाँ तरंग ल्याएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

हेटौंडामा भोलिदेखि देखि सडक विस्तारः २५/२५ गजभित्रका संरचना हटाइने,२५ वटा डोजर र २५ वटा अन्य मेसिन प्रयोग हुने

हेटौंडा । भोलिदेखि हेटौंडाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म, साथै बुद्धचोक–सामरी पुल खण्डसम्म पर्ने २५/२५ गजभित्रका घर–टहरा तथा अन्य संरचना भत्काइने भएका छन्।

मधेसका चार सय तीन परिवार ग्रामीण विद्युतीकरण कार्यक्रमबाट लाभान्वित

सर्लाही ।  सामुदायिक तथा ग्रामीण विद्युतीकरण कार्यक्रममार्फत मधेसका आठ जिल्लाका कुल ४०३ परिवार बिधुतसेवा पहुँचमा जोडिएका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.