logo

मधेश प्रदेशको राजनीतिक स्थायित्व फेरी पनि प्रश्नमा ,सोनल सरकार प्रारम्भमै संकटमा ,न बहुमत, न नैतिकता

 इसीमाना सम्वाददाता     २०८२ असोज ३० गते ०३: ५६ मा प्रकाशित     141   पटक पढिएको

जनकपुरधाम  मधेश प्रदेशमा भर्खरै बनेको जितेन्द्र प्रसाद सोनल नेतृत्वको सरकार सत्ता सम्हाल्न नपाउँदै संख्यात्मक नैतिक दुवै संकटमा परेको छ।

 

सत्ता गठनको आधार बनेको ५६ सदस्यीय गठबन्धन अहिले ५३ सदस्यमा झरेको छ। जसकारण आजै शपथ लिएको सरकार संवैधानिक बहुमत (५४) भन्दा एक सिट कम अवस्थामा पुगेको छ।


लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता सोनल मुख्यमन्त्री बनेको गठबन्धनमा लोसपा, जसपा नेपाल, जनमत दल, नेकपा (एकीकृत समाजवादी) नेकपा (माओवादी केन्द्र) सहभागी थिए। तर, जनमत दलका दुई जना प्रदेशसभा सदस्यले जनस्वराज पार्टीतर्फको यात्रा थालेपछि, जनमतको समर्थन औपचारिक रूपमा अनिश्चित बनेको छ।

 

उता जसपा नेपालका प्रदेशसभा सदस्य सरोज कुमार सिंहमाथि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी स्वतः निलम्बित भएका छन्।


तीन जना सदस्य (दुई जनमतबाट एक जसपा नेपालबाट) बाहिरिएपछि गठबन्धनको संख्यात्मक बल ५६ बाट घटेर ५३ मा सीमित भएको हो।जनमत बाट अझै केही साँसदले जनस्वराज पार्टीमा आफनो संलग्नता देखाउने प्रवल सम्भावना रहेको

 

जनमतबाट अन्य केही साँसदले जनस्वराज चुने भने सोनल सरकार धरमराउने निश्चित यद्धपी सोनल सरकारकालागि सिट भएका नागरिक उन्मुक्ति पार्टी नेपाल संघीय समाजवादी पार्टी कोरामीन सावित हनु सक्ने छन  


विपक्षी दल कांग्रेस एमालेले शपथ ग्रहण समारोहमै उपस्थित नहुनुले नयाँ सरकारप्रति राजनीतिक अस्वीकृति देखाएको छ। त्यसैबेला गठबन्धनकै ठूला दल जसपा नेपाल माओवादी केन्द्रले मन्त्रीको नामावली पठाउन ढिलाइ गरेकाले सोनलको मन्त्रिपरिषद् अधुरो कमजोर संरचनामा छ। 

 

राजनीतिक विश्लेषकहरूको भनाइमा, सिंहमाथिको भ्रष्टाचार मुद्दा तत्कालै घटेको बहुमतले सोनल सरकार संवैधानिक रूपमा कमजोर नैतिक रूपमा असुरक्षित बनेको छ।


जनकपुरस्थित एक राजनीतिक विश्लेषक भन्छन्, “५४ चाहिने ठाउँमा ५३ सदस्य भएको सरकार संसदमा परीक्षण बिना नै संकटमा छ। यो राजनीतिक नैतिक रूपमा दुबै अस्थिर सुरुवात हो।

 

अर्कोतर्फ, मधेशको सत्ता राजनीतिमा बारम्बार देखिँदै आएकोसंख्याको खेल दलभित्रको अस्थिरता फेरि दोहोरिएको छ। यसले सोनल सरकारलाई नीति निर्माणभन्दा बढी संख्याको जुगाड अस्तित्व बचाउने राजनीतिमा धकेल्ने संकेत देखाएको छ।

 

सोनल सरकार गठबन्धको संसारको उपज नभई अवसरबादको उपज हो गठबन्धनमा सबै भन्दा ठुलो दल जसपा हो मुख्यमन्त्री उसले पाउनु पर्ने हो

 

तर स्वार्थपूर्ण राजनीतिका कारण गठबन्धनमा कम सख्या भएको दलका नेतालाई मुख्यमन्त्री दिएर गठबन्धनको अपसंस्कृतिको बिकास गरिदै हिजो पनि यही भएको थियो आज त्यसैले निरन्तरता पाएको

 

सरकारलाई समर्थन गर्ने दलहरूबीच मन्त्रालय बाँडफाँट, नीतिगत प्राथमिकता विश्वासको मतको विषयमा अझै स्पष्टता छैन।


यदि गठबन्धनले तुरुन्तै नयाँ समर्थन नजोडे वा दलभित्रका असन्तुष्टहरूलाई मनाउन सकेन भने सोनल सरकार विश्वासको मतमै असफल हुने सम्भावना बढ्दो छ।

 

मधेश प्रदेशको राजनीतिक स्थायित्व फेरि एकपटक प्रश्नमा परेको  , सरकार गठन भयो, तर टिक्ने ग्यारेन्टी छैन।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

सखुवा प्रसौनी गाउँपालिकामा शिक्षा सुधार अभियान, गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी

पंचगावा ।सखुवा प्रसौनी गाउँपालिकाले शिक्षा क्षेत्रमा सुधार ल्याउने उद्देश्यसहित नेपाल रष्ट्रिय माध्यामिक बिद्यालय  महुवनका पूर्व प्रधानाध्यापक भरत गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी दिएको छ।

वीरगंजमा हुण्डी कारोबारमा संलग्न युवक पक्राउ, साढे चार लाख रुपैयाँ बरामद

वीरगंज ।  विशेष सूचनाका आधारमा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

खेलकुद

ठोरी गोल्डकपमा रेगल एन्फा हेटौंडाको धमाकेदार प्रदर्शन, सेमिफाइनलमा प्रवेश

बिजयबस्ती । स्व. रामबहादुर श्रेष्ठ स्मृति चौथो ठोरी गोल्डकप खुला नकआउट फुटबल प्रतियोगितामा रेगल एन्फा हेटौंडा ट्राईबेकरमा सेमिफाइनलमा प्रवेश गरेको छ।

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.