logo

मधेश प्रदेशको राजनीतिक स्थायित्व फेरी पनि प्रश्नमा ,सोनल सरकार प्रारम्भमै संकटमा ,न बहुमत, न नैतिकता

 इसीमाना सम्वाददाता     २०८२ असोज ३० गते ०३: ५६ मा प्रकाशित     725   पटक पढिएको

जनकपुरधाम  मधेश प्रदेशमा भर्खरै बनेको जितेन्द्र प्रसाद सोनल नेतृत्वको सरकार सत्ता सम्हाल्न नपाउँदै संख्यात्मक नैतिक दुवै संकटमा परेको छ।

 

सत्ता गठनको आधार बनेको ५६ सदस्यीय गठबन्धन अहिले ५३ सदस्यमा झरेको छ। जसकारण आजै शपथ लिएको सरकार संवैधानिक बहुमत (५४) भन्दा एक सिट कम अवस्थामा पुगेको छ।


लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता सोनल मुख्यमन्त्री बनेको गठबन्धनमा लोसपा, जसपा नेपाल, जनमत दल, नेकपा (एकीकृत समाजवादी) नेकपा (माओवादी केन्द्र) सहभागी थिए। तर, जनमत दलका दुई जना प्रदेशसभा सदस्यले जनस्वराज पार्टीतर्फको यात्रा थालेपछि, जनमतको समर्थन औपचारिक रूपमा अनिश्चित बनेको छ।

 

उता जसपा नेपालका प्रदेशसभा सदस्य सरोज कुमार सिंहमाथि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी स्वतः निलम्बित भएका छन्।


तीन जना सदस्य (दुई जनमतबाट एक जसपा नेपालबाट) बाहिरिएपछि गठबन्धनको संख्यात्मक बल ५६ बाट घटेर ५३ मा सीमित भएको हो।जनमत बाट अझै केही साँसदले जनस्वराज पार्टीमा आफनो संलग्नता देखाउने प्रवल सम्भावना रहेको

 

जनमतबाट अन्य केही साँसदले जनस्वराज चुने भने सोनल सरकार धरमराउने निश्चित यद्धपी सोनल सरकारकालागि सिट भएका नागरिक उन्मुक्ति पार्टी नेपाल संघीय समाजवादी पार्टी कोरामीन सावित हनु सक्ने छन  


विपक्षी दल कांग्रेस एमालेले शपथ ग्रहण समारोहमै उपस्थित नहुनुले नयाँ सरकारप्रति राजनीतिक अस्वीकृति देखाएको छ। त्यसैबेला गठबन्धनकै ठूला दल जसपा नेपाल माओवादी केन्द्रले मन्त्रीको नामावली पठाउन ढिलाइ गरेकाले सोनलको मन्त्रिपरिषद् अधुरो कमजोर संरचनामा छ। 

 

राजनीतिक विश्लेषकहरूको भनाइमा, सिंहमाथिको भ्रष्टाचार मुद्दा तत्कालै घटेको बहुमतले सोनल सरकार संवैधानिक रूपमा कमजोर नैतिक रूपमा असुरक्षित बनेको छ।


जनकपुरस्थित एक राजनीतिक विश्लेषक भन्छन्, “५४ चाहिने ठाउँमा ५३ सदस्य भएको सरकार संसदमा परीक्षण बिना नै संकटमा छ। यो राजनीतिक नैतिक रूपमा दुबै अस्थिर सुरुवात हो।

 

अर्कोतर्फ, मधेशको सत्ता राजनीतिमा बारम्बार देखिँदै आएकोसंख्याको खेल दलभित्रको अस्थिरता फेरि दोहोरिएको छ। यसले सोनल सरकारलाई नीति निर्माणभन्दा बढी संख्याको जुगाड अस्तित्व बचाउने राजनीतिमा धकेल्ने संकेत देखाएको छ।

 

सोनल सरकार गठबन्धको संसारको उपज नभई अवसरबादको उपज हो गठबन्धनमा सबै भन्दा ठुलो दल जसपा हो मुख्यमन्त्री उसले पाउनु पर्ने हो

 

तर स्वार्थपूर्ण राजनीतिका कारण गठबन्धनमा कम सख्या भएको दलका नेतालाई मुख्यमन्त्री दिएर गठबन्धनको अपसंस्कृतिको बिकास गरिदै हिजो पनि यही भएको थियो आज त्यसैले निरन्तरता पाएको

 

सरकारलाई समर्थन गर्ने दलहरूबीच मन्त्रालय बाँडफाँट, नीतिगत प्राथमिकता विश्वासको मतको विषयमा अझै स्पष्टता छैन।


यदि गठबन्धनले तुरुन्तै नयाँ समर्थन नजोडे वा दलभित्रका असन्तुष्टहरूलाई मनाउन सकेन भने सोनल सरकार विश्वासको मतमै असफल हुने सम्भावना बढ्दो छ।

 

मधेश प्रदेशको राजनीतिक स्थायित्व फेरि एकपटक प्रश्नमा परेको  , सरकार गठन भयो, तर टिक्ने ग्यारेन्टी छैन।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वन व्यवस्थापन तथा काठ उपभोगसम्बन्धी झन्झटिला नियमलाई सरल बनाउन पहल आवश्यक छः  वनमन्त्री चौधरी

बीरगंज ।मधेश प्रदेश सरकारका वन तथा वातावरणमन्त्री शंकरप्रसाद चौधरीले एउटा रुख काट्दा कम्तीमा दशवटा रुख रोप्ने नीति अवलम्बन गर्न साझेदारी वन उपभोक्ता समूहलाई सुझाव दिएका छन।

यस वर्षको सुबोध स्मृति पत्रकारिता  पुरस्कारबाट पत्रकार गौतम पुरस्कृत हुने

वीरगञ्ज । प्रतीक दैनिकले प्रदान गर्दै आएको सुबोध स्मृति पत्रकारिता पुरस्कार यस वर्ष वीरगञ्जका पत्रकार महेशचन्द्र गौतमलाई प्रदान गर्ने निर्णय गरेको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.