logo

नेकपा एमालेका अध्यक्ष ओलीको अडान , ‘विदेशीको कठपुतलीसँग अँध्यारो मुख लगाएर हिडिदैन

 इसीमाना सम्वाददाता     २०८२ कार्तिक २ गते ०५: ०५ मा प्रकाशित     283   पटक पढिएको

काठमाडौं ।नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू देश बनाउन हिँडेको व्यक्ति भएको बताए।

 

आइतबार प्रेस चौतारी नेपालले आयोजना गरेको “सम्पादकसँगको छलफल” कार्यक्रममा बोल्दै उनले  विदेशी शक्तिले चलाएका कठपुतलीसँग अँध्यारो मुख लगाएर नहिँड्ने स्पष्ट पारे।

 

उनका अनुसार अहिलेको सरकारले आफूलाई देशभित्र हिँडडुल गर्नसमेत रोक लगाउने निर्णय गरेको छ। “यो कस्तो सरकार हो ?” भन्दै उनले  प्रश्न गरे।

 

ओलीले आफू माथि सुरक्षा चुनौती रहेको बेला सरकारले आफ्नो सुरक्षा फिर्ता लिएर गिरोहका मानिसहरूको सुरक्षा बढाएको आरोप लगाए ।

 

उनले भने , “भोलि तपाईंहरू (सम्पादकहरू) नै सम्पादकीय लेखेर भन्नुहुनेछ— ‘केपी ओलीलाई फिर्ता ल्याउनुपर्छ।’ विशेष सम्पादकीय लेखेर भन्न बाध्य हुने अवस्था आउने छ ।”

 

भदौ २३ को घटनामा गोली चलाउने आदेश आफूले नदिएको र त्यो आदेश दिने अधिकार प्रधानमन्त्रीको नभएको ओलीको भनाइ छ। “मेरै घर जलाइएको छ, मेरो बाउको घर जलाइएको छ। त्यसको जिम्मा म कसरी लिन सक्छु ? मेरो घर मैले नै जलाएँ त ?” उनले प्रश्न गरे।

 

जेनजी आन्दोलनका नाममा आपराधिक क्रियाकलाप भइरहेको उल्लेख गर्दै उनले  त्यसबारे पत्रकारहरू समेत बोल्न नसकेको गुनासो गरे । “नराम्रो काम भयो भनेर हाम्रो मिडियाले बोल्न र लेख्न सक्नुपर्छ,” उनले भने ।

 

ओलीले संसद् स्थापना बाहेक अन्य कुनै विकल्प नभएको बताउँदै सम्पादकहरूले पनि त्यसको समर्थन गर्नुपर्ने टिप्पणी गरे । उनले भने “मैले संसद् विघटन गर्दा प्रतिगमन भयो भन्ने सम्पादकहरू अहिले संसद् विघटनको समर्थनमा उभिनु आश्चर्यजनक छ।”

 

निर्वाचनबाट छानिने शासन प्रणाली आफूलाई मन परेको भए पनि अपराधी र बन्दुकका बीचमा स्वतन्त्र चुनाव हुन नसक्ने ओलीको भनाइ छ। उनका अनुसार एमालेले चुनाव बहिष्कार गर्न खोजेको होइन, “यो सरकारले चुनाव नै गराउन नसक्ने स्थिति बनाएको हो”

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

तीन महिनामा प्रेस स्वतन्त्रता  हननका  ५९ घटना सार्वजनीक

काठमाडौँ । तीन महिनाको अवधिमा प्रेस स्वतन्त्रता हननका ५९ घटना भएका प्रेस काउन्सिल नेपालले जनाएको छ ।

जेनजी आन्दोलनका क्रममा फरार कैदी वीरगंजबाट पक्राउ

वीरगंज । जेनजी  आन्दोलनका क्रममा केन्द्रिय कारागार जगन्नाथदेवल, काठमाडौंबाट फरार भएका कर्तव्य ज्यान मुद्दाका कैदी वीरगंजबाट पक्राउ परेका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.