logo

स्थानीय सरकार बनेपछि दलीत लक्षीत कुनै कार्यक्रम नभएको भन्दै दलीत अगुवाले गरे गुनासो

      3/28/2021 गते 00 00 मा प्रकाशित     794   पटक पढिएको

स्थानीय तहले दलीत लक्षीत कार्यक्रम केही नगरेको दलीत अगुवाले आरोप लगाएका छन । स्थानीय तहको संरचना हुनु भन्दा अगाडि  गाउाँ बिकास समिति हुदा दलीत लक्षीत कार्यक्रमकालागि बजेट बिनियनेजन गर्नु पर्ने कानूनी प्रावधान थियो ।

 

बजेटबाट लाभ उठाईरहेका दलीत समुदायले स्थानीय सरकारको नयाँ संरचना निर्माण भएको तीन वर्ष बिति सक्दा पनि दलीत समुदायको हित   का पक्षमा कुनै कार्यक्रमको निर्माण नभएको भन्दै स्थानीय सरकारको नजरमा दलीत समुदाय नपरेको भन्दै गुनासो समे गरेका छन ।

 


गाविस हुदा लक्षीत समुदायका महिला,वालवालिका, आदीवासी, दलीत ज्येष्ठ नागरिकको हितमा केन्द्रीत रही ३५ प्रतिशत बजेट बिनयोजन गर्नु पर्ने स्थानीय स्वायत शासन ऐन २०५५ले ब्यवस्था गरेको थियो । तर स्थानीय तह संचालन ऐन २०७४ आएपछि यो ब्यवस्था हटाइएको छ ।

 


दलीत अगुवा मनोज रामले   स्थानीय तह गठन भएको चार वर्ष हुन लाग्दा पनि दलितलक्षित कार्यक्रम र सोको लागि बजेट विनियोजन नभएको गुनासो गर्नु भयो। त्यती मात्र होइन सखुवाप्रसौनी गाउँपालिकाले दलितहरूकोलागि ग्यास चुलो, सिलिन्डर सहयोग गर्ने भनेर लागत सहभागितामा कार्यक्रम घोषणा गर्यो । हरेक दलीत परिवारले त्यस बापत ८ सय रुपैया संकलन गरेर बुझाएपनि दुई वर्ष बित्दा समेत ग्यास चुल्हो र सिलिण्डर नपाइएको गुनासो गरेका छन ।

 


रकम लिदा कुनै भर्पाई वा रसिद उपलब्ध नगराइएको कारण दलीतको रकम हिनामिना गरिएको रामले बताउनु भयो । दलीतहरु असंगठीत र अशिक्षीत भएकोले अवसरहरुबाट ठगीनु परेको सुरेन्द्र पासवानको बुझाई छ । गाउँपालिकाहरुले दलीत समुदायको बिकासकालागि उनीहरुको सामाजिक जीवनमा परिर्वतन ल्याउनकालागि कुनै चासो नदेखाएको चन्द्रकिशोर रामले बताउनु भयो ।

 


दलीत अगुवाले यो बीचमा पर्साको सखुवा प्रसौनी, पटेर्वा सुगोली, जिराभवानी गाउँपालिकामा दलती अगुवाको छलफल राखेर स्थानीय सरकारले आफनो समुदायकालागि गरेको कामको बिषयमा छलफल गरेका छन । हामीले बुझ्ने कोशीस गर्यौ पिस फर दलित फाउन्डेशन पर्साका अध्यक्ष मनोज रामले भन्नु भयो “आश गर्ने ठाउँ  कतै पाइएन ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

मन्त्रीलाई ‘छोड्दिनँ’ भन्ने महिलालाई अनुसन्धानकालागि अदालतले दियो थप म्याद

वीरगन्ज । खानेपानी मन्त्री प्रदीप यादवसँग टेलिफोनमा चर्को स्वरमा बोलेको अडियो भाइरल भएपछि पक्राउ परेकी महिलालाई पर्सा जिल्ला अदालतले थप ३ दिनको म्याद दिएको छ।

चोरी मात्र हैन, लागुऔषध कारोवारमा संलग्न वीरगंज १६ का  साहेबजान पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले वीरगन्ज महानगरपालिका–१६ का शेख साहेबजान मियाँ (मखु) लाई चोरी र लागुऔषध कारोबारमा संलग्न रहेको अभियोगमा पक्राउ गरेको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.