logo

जीतपुरसिमरा उपमहानगरको २ अर्बको बजेट सार्वजनिक ,समावेशी विकास र सेवा प्रवाह केन्द्रमा

 इसीमाना सम्बाददाता     २०८२ असार २५ गते ०६: ३८ मा प्रकाशित     957   पटक पढिएको

सीमरा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२र८३ का लागि २ अर्ब १ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

 

बुधबार बसेको नगरको १२औं नगरसभामा उपप्रमुख भोला प्रसाद अधिकारीले प्रस्तुत गरेको बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, पयटन र सामाजिक समावेशीतामा विशेष प्राथमिकता दिइएको छ ।

 

 ‘आत्मनिर्भर, सक्षम एवं जनमुखी स्थानीय सरकार, समृद्ध र सुशासनयुक्त जीतपुरसिमरा’ भन्ने नारासहित बजेटले समावेशी विकास र सेवा प्रवाहलाई केन्द्रमा राखेको छ ।

उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि बैंक मौज्दातसहित ४७ करोड ४० लाख २३ हजार रुपैयाँ आन्तरिक आम्दानीको लक्ष्य लिएको छ ।

 

संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त समानीकरण, विशेष, समपुरक तथा अन्य अनुदानमार्फत बाँकी रकम जुटाइनेछ ।

 

समानीकरण अनुदानबाट ३२ करोड ५० लाख, संघीय सरकारबाट ५६ करोड ८१ लाख ७७ हजार र विशेष अनुदानबाट १ करोड ९३ लाख रुपैयाँको अनुमान गरिएको छ ।

 

त्यस्तै, राजस्व बाँडफाँड, मालपोत, रजिष्ट्रेशन, विज्ञापन कर   लगायतबाट ५२ करोड ७४ लाख रुपैयाँको अनुमान गरिएको छ ।

 


२४ वटै वडाहरूमा न्यूनतम ५० लाखदेखि अधिकतम १ करोड १२ लाखसम्म बजेट बाँडफाँट गरिएको छ । कुल २० करोड रुपैयाँ वडास्तरीय योजनाका लागि छुट्याइएको छ ।

 

त्यस्तै, प्रत्येक वडामा नगरस्तरबाट कम्तीमा २५ लाख र १० लाख बराबरका योजनाहरू अनिवार्य रूपमा लागू गरिनेछ । यस्ता नगर योजनाका लागि अतिरिक्त ८ करोड ४० लाख विनियोजन गरिएको छ ।


शिक्षा रूपान्तरण कार्यक्रमलाई निरन्तरता दिँदै १ करोड ५० लाख विनियोजन गरिएको छ । नगरका सरकारी विद्यालयहरूमा अध्ययनरत विज्ञान संकायका विद्यार्थीहरूलाई छात्रवृत्तिका लागि ४० लाख छुट्याइएको छ ।

 

 नगरले १५ शैयाको आधुनिक अस्पताल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने तयारी गरेको छ । त्यसका लागि चालू आर्थिक वर्षमै ९ करोड रुपैयाँ बजेट छुट्याइएको छ ।

 

 त्यस्तै, महिला स्वास्थ्य स्वयंसेविकालाई मासिक ३ हजारका दरले प्रोत्साहन भत्ता दिन २७ लाख विनियोजन गरिएको छ ।


 नगरभित्रका खेलमैदानको स्तरोन्नति, खेलकुद प्रतियोगिताहरूको आयोजना र खेल पूर्वाधार निर्माणका लागि १ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

 

 अमलेखगञ्जलाई पयर्टन हबको रूपमा विकास गर्न बजेट विनियोजन गरी कार्यक्रम तयार गरिएको जनाइएको छ ।


नगरले मुख्य पूर्वाधार योजनामा ७ करोड ५० लाख बजेट विनियोजन गरेको छ । 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

सुशासन र पारदर्शीता नचाहने प्रमुख प्रशासकीय अधिकृत यादवलाई बिभागीय कारवाहीको सिफारिश सहित आयोगले डाम्यो

वीरगञ्ज । पारदर्शीताको पक्षमा नरहेका सुशासनको प्रत्याभूती गर्न नचाहने एक जना अधिकृतलाई  राष्ट्रिय सूचना आयोगले डामेको छ । पर्साको जगन्नाथपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देशकुमार यादवलाई १६ हजार जरिवाना गरेर आयोगले डामेको हो ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.