बागमती । इलाका प्रहरी कार्यालय कर्मैयाका कार्यालय प्रमुख प्रहरी नायबनिरिक्षक सभाष यादव ‘बेस्ट पुलिस अफ द मन्थ’ भएका छन ।
असार महिनामा सर्लाही जिल्ला भरमा उत्कृष्ट काम गरेको भन्दै जिल्ला प्रहरी कार्यालयले यादवलाई सम्मान गरेको हो। हरेक महिना जिल्ला प्रहरी कार्यालयले राम्रो काम गर्ने प्रहरीलाई कदरस्वरूप यस्तो पुरस्कार दिने गरेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी सरोज राईका अनुसार विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यावसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कार्य गर्दै अपराध नियन्त्रण, अनुसन्धान, उद्धार कार्य तथा सीमावर्ती अपराध नियन्त्रणमा उल्लेखनीय कार्य प्रदर्शन गरेका आधारमा यो निर्णय गरिएकाले असार महिनाको पुरस्कार यादवलाई दिइएको बताए।
कर्मैया प्रहरी चौकीको कमाण्ड सम्हाल्ने यादवले सीमा अपराध नियन्त्रणदेखि मानव उद्धारसम्म सक्रिय योगदान दिदै आएका छन ।
तपाईको प्रतिक्रिया