logo

नेकपा एमाले मधेशको बैठक बर्दीबासमा जारी, मन्त्रीहरुलाई फिर्ता बोलाउने बिषयमा एकमत, जयसवाल निशानामा

 इसीमाना सम्वाददाता     २०८२ असार २८ गते ०५: २५ मा प्रकाशित     296   पटक पढिएको

वीरगंज । नेकपा एमालेको मधेश प्रदेशको बैठकमा मधेश प्रदेश सरकारमा रहेका मन्त्रीहरु फिर्ता बोलाउनु पर्ने माँग जोडदार रुपमा उठेको छ । 

 


बर्दीबासमा जारी बैठकमा बिचार राख्ने अधिकांश नेताहरुले मन्त्रीहरुको कार्यशैलीमाथि गम्भिर प्रश्न उठाउदै छानविन समेत गर्नु पर्ने माँग राखेको एक पदाधिकारीले जनाएका छन । 

 


प्रदेश सरकारमा खेलकुद मन्त्रालयको जिम्मेवारीमा रहेका प्रमोद जयसवा लगायतलाई  तत्काल फिर्ता बोलाउनु पर्ने बिचार बैठकमा ब्यक्त हुदा बैठकले करतल ध्वानीका साथ उक्त बिचारलाई सर्मथन गरेको थियो ।

 

बैठकमा एमालेका मधेश प्रदेश उपाध्यक्ष बिचारी यादवले मन्त्री जयसवाललाई फिर्ता बलाउन प्रस्ताव पेश गरेका थिए ।

 

यादवको प्रस्ताव उपर छलफल गर्दै बैठकले मन्त्रीलाई  फिर्ता बलोउने प्रस्तावमा बैठकमा सहभागि सबैले सर्मथन जनाएका  उपाध्यक्ष यादवले जानकारी दिए ।

 

मन्त्री जयसवालले कमिशन लिएर योजनाहरु बिक्रि गरेको, बिचौलिया मार्फत खुल्लम खुल्ला योजना दिए बापत ३ देखि ५ प्रतिशत कमिशन माँग्ने गरेको र कमिशनकै कारण ५ करोड रकम प्रिज भएको र आफना नातेदारलाई योजनाहरु दिएको आरोप लागे पछि उनलाई फिर्ता बोलाउने प्रस्ताव  गरिएको यादवले बताए ।

 

May be an image of one or more people

गृह तथा संचारमन्त्री राजकुमार लेखी, स्वास्थ्य मन्त्री शत्रुघ्न सिंह लगायतका गतिविधिबाट पार्टीका प्रदेश भरीका नेताहरु नाखुश रहेको बैठकमा ब्यक्त भावनाले दर्शाएको ति पदाधिकारीले जनाए ।

 

 

उनका अनुसार पार्टीले मन्त्रीहरुलाई फिर्ता बोलाउने र छानविन समेत गर्नेगरि अगाडि बढ्ने सक्ने बताए । उनले कमिटीका सदस्यहरु कोही पनि प्रदेश सरकारमा सहभागि मन्त्रीहरुको कामबाट नेकपा एमाले स्थापित भएको निष्कर्षमा पुगेका छैन ।

 

सरकारमा भएका मन्त्रीहरुको मनलाग्दी कार्यशैलीका कारण पार्टी जनताकोवीचमा आलोचित भएको र मन्त्रीहरु अझै रहे झनै पार्टी जनताभन्दा टाढा हुने बिचार नेताहरुले राखेका थिए । 


बैठकमा हरेक जिल्लाको जनसंगठका अवस्थाको बारेमा रिपोर्टिङ भएको ति पदाधिकारीले बताए । प्रदेश अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षता तथा पार्टीका मधेश प्रदेश ईन्चार्ज तथा सांसद लिलानाथ श्रेष्ठको प्रमुख आतिथ्यमा बैठक सम्पन्न भएको थियो । बैठकमा सांसद ज्वाला साह, जुलि महतो,प्रभु हजरा,आठ वटै जिल्लाका ईन्चार्ज लागयत कमिटीका सदस्यहरुको उपस्थिति थियो ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

ठोरीका कर्मचारीको पक्षमा पालिका अध्यक्ष श्रेष्ठ,सामाजिक संजालमा राखिएका आधारहिन पोष्ट बारे कानूनी बाटो अपनाइने

ठोरी ।ठोरी गाउँपालिकाका कर्मचारीको चरित्र हत्या गर्ने मनसायले  सामाजिक संजालमा पोष्ट गरिएका भ्रामक तथा आधारहीन  बिषय प्रति ठोरी गाउँपालिकाले आफ्नो असहमती सार्वजनीक गरेको छ ।

प्रहरी नायव निरिक्षक यादव ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषित

बागमती । इलाका प्रहरी कार्यालय कर्मैयाका कार्यालय प्रमुख प्रहरी नायबनिरिक्षक सभाष यादव   ‘बेस्ट पुलिस अफ द मन्थ’ भएका छन ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.