जनकपुरधाम । मधेश प्रदेशले ल्याएको आगामी आर्थिक वर्ष २०८२ / ०८३ को बजेट बारे सत्तापक्षका साँसदहरुले नै तिब्र आलोचना गरेका छन ।
मधेश प्रदेश सभाको बैठक चलीरहेको र साँसदहरुले छलफलका क्रममा आफनो भनाई राख्ने क्रम जारी छ । प्रतिपक्षले भने प्रदेशसभाको बैठक बहिष्कार गरेको छ ।
सत्तापक्षका साँसदहरुको सहभागितामा प्रदेश सभाको बैठक संचालन भइरहेको हो । बैठकमा बोल्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालकै सांसद सांसद उपेन्द्र महतोले रेड बुकको २९४ पाना लुकाएको भन्दै गम्भिर आलोचना गरे ।
विनियोजन विधेयक २०८२ को छलफलमा भाग लिँदै उनले नदेखेको र नपढेको योजना कसरी पास गर्ने भन्ने सरकारसँग प्रश्न गरे ।
‘हामीलाई दिएको रेडबुकमा ४६१ पाना छ । २९४ पाना त हामीलाई दिएकै छैन,’ उनले प्रश्न गरे, ‘हामीले पढ्दै नपढेको, देख्दै नदेखेको योजनाहरू पास गर्ने हो ? हामीलाई तपाईँहरू सरकारले गुलाम बनाउन खोज्नु भएको हो ? भन्दै प्रन गरे ।
सत्तारुढ नेपाली कांग्रेसका प्रदेशसभा सदस्य एवं पूर्व स्वास्थ्यमन्त्री बीरेन्द्र सिहंले आफूहरु पार्टीको सदस्य भएकोले बजेट त पास गरौला तर मधेशका जनताले बजेट पास नगर्ने ठोकुवा गरे ।
उनले बजेट निर्माणमा निकै जालझेल गरेको बताए । उनले बजेटले प्रदेशमा गौरवको एएटा पनि आयोजना सामावेश गर्न नसकेको र टुक्रे बजेट ल्याइएकोमा आपत्ती जनाए ।
तपाईको प्रतिक्रिया